
काठमाडौं। गृह मन्त्रालयले विशिष्ट व्यक्तिको मानमर्दन गर्ने र सामाजिक सद्भाव बिगार्ने गरी टिकटक भिडिओहरू बनाएर पोस्ट गर्नेलाई कारबाही गर्ने भएको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लिल खालका गतिविधि पोस्ट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर चेतावनी दिएको हो।
गृहका सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिगार्ने व्यक्ति पहिचान गरी कारबाहीको दायरामा ल्याउन अब सहज भइसकेको दाबी गरेका छन्।
प्रहरीको साइबर ब्यूरो र सरकारी निकाय तथा टिकटकको कार्यालय सिंगापुरबीच सहकार्य बढाउन कात्तिक १७ गते छलफलसमेत भएको थियो। उक्त छलफलले सामाजिक सद्भाव बिगार्नेलाई कानुनी दायरामा ल्याउन सहज भएको गृह मन्त्रालयको भनाइ छ।
हेर्नुस् गृहमन्त्रालयका प्रेस विज्ञप्ति –

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...