उपल्लो मुस्ताङ पुगेका नेपालीमूलका ६ भारतीयलाई शसस्त्रले नियन्त्रणमा लियो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

उपल्लो मुस्ताङ पुगेका नेपालीमूलका ६ भारतीयलाई शसस्त्रले नियन्त्रणमा लियो

पोखरा। अध्यागमन विभागबाट भ्रमणको अनुमति नलिई उपल्लो मुस्ताङ पुगेका ६ जना नेपालीमूलका भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अध्यागमनको अनुमति लिएर मात्र आउन भन्दै प्रहरीले पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) भोज पाण्डेले जानकारी दिए।

भारत पश्चिम बंगाल स्थायी घर भएका शिवकुमार गुरुङ, बिर्सेन गुरुङ, रिकशाङ गुरुङ, दुर्गा गुरुङ, अभिषेक गुरुङ र सिद्धार्थ गुरुङलाई सशस्त्र प्रहरीले नियन्त्रणमा नेपाल प्रहरीलाई बुझाएपछि नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो।

अध्यागमनबाट भ्रमण अनुमति लिएर मात्रै उपल्लो मुस्ताङ जान पाइन्छ। उनीहरूलाई मुस्ताङको नेचुङस्थित शसस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (वीओपी)बाट नियन्त्रणमा लिएको थियो।

लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य देशका नागरिक जान पाउँदैनन्। थप प्रक्रियाका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २२, १८: ०५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक २२, १८: ०५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० कार्तिक २२, १८: ०५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...