
काठमाडौं। विभिन्न व्यक्तिहरूको निजी जीवन र गोपनियतालाई समेत भङ्ग गरी चरित्र हत्या गर्ने किसिमको सामाग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन्।
‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानलबाट विभिन्न दृष्य सामग्री सार्वजनिक गर्ने मानवलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो।
विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने खालका सामग्री युट्युव र टिकटकमार्फत पोस्ट गर्ने गरेको आरोपमा मनोज मानवलाई पक्राउ गरिएको वर उनीमाथि थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको साईवर ब्युरोका प्रहरी उपरिक्षक (एसपी) पशुपतिकुमार रायले जानकारी बताए।
उनलाई कसको उजुरीका आधारमा पक्राउ गरिएको भन्नेबारे भने ब्युरोले खुलाएको छैन। मनोज विभिन्न व्यक्तिको चरित्र हत्या हुने सामग्री बनाएर युट्युबमार्फत ‘भाइरल’ हुँदै आएका थिए।
केही दिनअघि मात्रै पूर्वएआईजी डा.रणबहादुर चन्द र आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल एक रेस्टुरेन्टमा बसेको बेला मनोज मानव प्रवेश गरी दृष्य लिलएका थिए। त्यति बेला बरालले मनोजको मुखमा थुक्दै थप्पड हानेको दृष्य समेत सार्वजनिक भएको थियो।
त्यसका साथै उनले पूर्वमन्त्री महेश बस्नेतको पनि चरित्र हत्या गर्ने किसिमको सामाग्री सार्वजनिक गरेको उनीमाथि आरोप छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...