
कञ्चनपुर। कञ्चनपुर जिल्लाको लालझाडीमा एक दम्पत्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
लालझाडी गाउँपालिका–१ बिनवारीका २६ वर्षीय श्यामकुमा राना र उनकी श्रीमती पुष्पा राना झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
उनीहरुलाई आइतबार बिहान प्लाष्टिकको डोरीले झुण्डिएको अवस्थामा फेला पारिएको थियो। उनीहरुका तीन वर्षकी छोरी छन्।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको खास कारण शवको पोष्टमार्टम गरेपछि पत्ता लाग्ने प्रहरीको भनाइ छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...