‘फजुल खर्च तत्काल घटाउँ र संसदीय कोषको सवा ८ अर्ब पुनःनिर्माण कोषमा राखौं’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
कांग्रेस महामन्त्री थापाले तत्काल दुई कार्य गर्न सरकारलाई सुझाव

‘फजुल खर्च तत्काल घटाउँ र संसदीय कोषको सवा ८ अर्ब पुनःनिर्माण कोषमा राखौं’

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई भुकम्पपीडितका पक्षमा तत्काल दुई कार्य गर्न सार्वजनिक रुपमा अपिल गरेका छन्।

गत कात्तिक १७ गते गएको भुकम्पबाट कर्णाली प्रदेशका दुई जिल्ला जाजरकोट र रुकुम पश्चिमको स्थलगत अध्ययन गरेर शनिबार मात्र राजधानी फर्किएका सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आइतबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै सरकारलाई तत्काल काम गर्न दुई वटा सुझाव दिएका हुन्।

उनले सरकारलाई तत्काल फजुल खर्च रोक्न र संसदीय कोष भनेर चिनिने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्न सरकारलाई सुझाव दिएका हुन्।

‘एक, सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस् र भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुहोस्। अनि बल्ल, सरकारको गम्भीरता देखिन्छ। दुई, ‘संसदीय कोष’ भनेर चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्नुहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै उक्त दुई वटा कुरा तत्काल गर्न भनेको थापाले उल्लेख गरेका छन्। सरकार आफैँले तत्काल गर्न सक्ने यति काम सुरु गरेपछि बल्ल अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्ने, व्यवस्थापन र परिचालन गर्ने नैतिक बल सरकारलाई प्राप्त हुने उनको भनाइ छ।

सरकारले भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुपर्नेथ भन्दै थापादले ‘भूकम्पपछि तत्काल राहत, अस्थायी आवास निर्माण र पुनर्निर्माण सम्म पुग्दा ठुलो खर्च लाग्ने भन्दै सरकारले यो सबैको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

हेर्नुस् थापाको स्टाटस् –

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २६, १७: ०८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक २६, १७: ०८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक २६, १७: ०८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...