
काठमाडौं। सरकारले सामाजिक सञ्जाल टिकटिकलाई बन्देज लगाउने गरी सोमबार गरेको निर्णयबिरुद्ध नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कडा आपत्ति जनाएका छन्।
आज बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि प्रतिवन्ध लगाउन भनी गरेको निर्णयप्रति आपत्ति जनाउँदै गृहजिल्ला झापामा रहेका पार्टी) महामन्त्री शर्माले टिकटक बन्द गर्ने निर्णय गर्धनमा पिलो आउँदा गर्धन काटे जस्तै भएको टिप्प्णी गरेका छन्।
‘गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने प्रधानमन्त्रीज्यु ? कि जोखिम रहित उपचार खोज्ने?’ सामाजिक सञ्जालमा एक्समा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गर्दै शर्माले भनेका छन्।
उनले सरकारलाई त्यस्तो निर्णय अबिलम्ब फिर्ता गर्न माग गर्दै टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक रहेको जनाएका छन्।
महामन्त्री शर्माले भनेका छन्, ‘द्वेष फैलाउनेलाई पहिचान गर्न, नियम बनाइ बन्द गर्न, नो कमेन्ट ! तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ। यो निर्णय अविलम्ब फिर्ता होस्।’
यस्तो छ महामन्त्री शर्माको भनाई –
#गर्धनमा_पिलो_आयो_भने_गर्धननै_काट्ने_प्रधानमन्त्रीज्यु ?
कि जोखिम रहित उपचार खोज्ने ? #टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लेउ l
१) आज #टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रीयो भनेर तब के गर्ने लोकतान्त्रिक प्रणालीनै भंग गरिदिने ? सरकार स्पष्ट होस्, राज्यले `स्वच्छन्दता´ नियन्त्रण गर्ने हो `स्वतन्त्रता´ नियन्त्रण गर्ने होइन !
२) सामाजिक-धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको शुसासनले हुने हो l सामाजिक संजाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौं l तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौं !
३) सामाजिक द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ त्यही व्यक्तिको टिकटक बन्द गर, No comment l तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र #टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l
४) #टिकटक मनोरञ्जनको साझा स्टेज बनेको छ l कलाकार जन्माएको छ l Live बाट कयौंले कमाएका छन् l व्यवसाय प्रवर्द्धन गरेका छन् l कयौंले सकारात्मक सम्प्रेषण गरेका छन् l दुरुपयोग जो जसले गरे, तिनलाई निरुत्साहित र नियन्त्रणको कडा बिधि बनाउ l
#तर_टिकटक_बन्दको_निर्णय_अविलम्ब_फिर्ता_लेउ
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...