
दमक । चाड पर्वको मौका छोपेर झापाको दमकस्थित हाटखोलामा जुवाभन्दा महङ्गो हाउजी र डाईस खेलाउन थालिएको छ।
पूर्वाञ्चल बहिरा संघ झापाको नाममा विगत ७ दिनदेखि खुलम खुल्ला मेला लगाई अबैध जुवाको रुपमा मानिएको हाउजी र डाईस (लङ्गुरबुर्जा) खेलाउन थालिएको छ।
पूर्वाञ्चल वहिरा संघ झापाका आधिकारिक व्यक्तिहरु कोही नदेखिए पनि मेला सञ्चालनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका मेयर राम थापा निकटका विक्रम लिम्बु, कांग्रेस महासमिति सदस्य तथा उपमेयर रेगिना प्रसाइँ निकटका मणी लिम्बु, माओबादी केन्द्रका नेता सन्तोष राई, वाईसीएलका नेता शंकर रोक्काले सो मेला सञ्चालन गरेका छन्।
स्थानीय प्रशासनसँग अनुमति नलिई र आधिकारिक रुपमा संचालन नभएको संस्थाको नाममा बेलुकी ७ बजेदेखि राति १२.बजेसम्म मेला सञ्चालन गरिने गरिएको छ।
दमक नगरपालिका वडानम्वर ७ स्थित हाटखोला अर्थात सुनचाँदी लाईनमा लाग्ने मेलामा डाईस र हाउजीमा १० लाख बढीको हार जित हुने गरेको छ।
झापाका अन्य बजार र शहरमा लुकीचोरी जुवा, तास, डाईस खेल्नमा प्रतिबन्द लगाए पनि दमकमा भने राजनीतिक र प्रशासनिक दबाबमा अबैध मेला संचालन भइरहेको स्थानीय बताउँछन्।
दुई वर्ष अघि दमक नगरपालिकाले सार्वजनिक जग्गामा घर बनाएको भन्दै डोजर लगाएर खाली गरिएको खुला स्थानमा यतिवेला मेला सञ्चालन भइरहेको हो।
स्थानीय हप्ता असुल्ने केही व्यक्तिहरुले मेला संचालनको लागि चाड पर्वमा छुट दिनु पर्ने भन्दै स्थानीय प्रहरीलाई दशैं अघि पनि दबाब दिएका थिए। तर प्रहरीले मेला लगाउन दिएको थिएन।
समाचार स्रोतका अुनसार स्थानीय कांग्रेस, राप्रपा र माओबादी नेताको दबाबमा जिल्ला प्रशासन कार्यालयका प्रमुख शिवराम पोखरेलले अनदेखा गरेको बुझिएको छ।
रमाईलो मिनी मेला नाम दिईएको सो मेलामा हाउजी, विङ्गो, तम्बोलाका साथै कलाकारहरुको प्रस्तुति रहने जनाईको छ । कात्तिक २०देखि सञ्चालिन सो मेला मंसिर ४ गतेसम्म संचालन हुने भएको हो।
दमकमा दिन दहाडै गुण्डागर्दी, झैझगडा, लुटपाट भइरहँदा त्यसलाई नियन्त्रणमा लिए पनि जुवाको रुपमा चिनिएको डाईस खेलाउन मेलामा अनुमति दिनुलाई प्रहरी दबाबमा परेको स्थानीय बताउँछन्।
इलाका प्रहरी कार्यालय दमकका डीएसपी (प्रहरी नायव उपरिक्षक)ले नमाने पनि आफूहरुले कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलासम्मको पहुँचबाट मेला सञ्चालन गरेको र प्रहरीबाट कुनै बाधा अबरोध नहुने भन्दै मणी लिम्बु र बिक्रम लिम्बुले स्थानीयलाई डाईस खेल्न र खेलाउन उकासी रहेको स्थानीय बताउँछन्।
दमक नेकपा एमालेका अध्यक्ष केपी शर्मां ओलीको गृह नगर पनि हो। विगतमा नेकपा एमाले निकटका युवाहरुले मेला संचालन गरेर अबैध आर्जन यसरी गर्ने गरे पनि यस पटक भने उनीहरुको प्रत्यक्ष उपस्थिति नदेखिएको स्थानीयहरु बताउँछन्।
मेलामा घन्काइने गीत र अन्य खेल तथा हल्ला खल्लाले दमकको सुनचाँदी लाईनका स्थानीय वासिन्दाहर राति १२ बजेसम्म सुत्न पनि नपाइएको गुनासो गरेका छन्।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...