मोटरसाईकल दुर्घटनामा परी एक महिलाको मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मोटरसाईकल दुर्घटनामा परी एक महिलाको मृत्यु

धुलीखेल। काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नम्वर ६स्थित बोक्सेमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

दुर्घटनामा परी मोटरसाईकल चालक भने गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार साँझ ४ बजेको समयमा चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६ स्थित लोकमार्गमा मोटरसाईकल दुर्घटनामा परेको थियो।

चौरीदेउराली गाउँपालिका ६ को बोक्सेबाट रामेछापतर्फ जाँदै गरेको बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चौंरीदेउराली– ६ बोक्सेकी ४५ वर्षीया गोमा चौलागाईंको मृत्यु भएको हो।

मोटरसाईकलको पछि बसेकी गोमाको निधन भए पनि सवारी चालक उनका श्रीमान दिल्लीप्रसाद चौलागाईं भने घाइते भएका छन्।

मोटरसाइकल पल्टिएर सडकबाट ८० मिटर तल पाखामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

गोमाको घटनास्थलमा नै मृत्यु भएको थियो। घाइतेको आँखा र टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दिल्लीको कात्तिके देउरालीमा रहेको धुलिखेल अस्पतालको आउटरिच सेन्टर (स्वास्थ्य केन्द्र) मा उपचार भइरहेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २८, १६: १६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक २८, १६: १६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० कार्तिक २८, १६: १६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...