इलाममा २ करोड माथिको ‘गैरकानूनी’ बिङ्गो खेलाइँदै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
मेयर र सिडिओकै संलग्नता

इलाममा २ करोड माथिको ‘गैरकानूनी’ बिङ्गो खेलाइँदै

काठमाडौं। लाखौंको हारजित हुने जुवा जस्तै ‘विङ्गो खेल’ सञ्चालनका लागि नगरपालिका नै संलग्न रहेको कुरा सुन्दा धेरैलाई अचम्म लाग्ला। तर कोशी प्रदेशको इलाम नगरपालिकाले भने आफै विङ्गो संचालन गरेको छ।

ऐतिहासिक इलाम नगरपालिकाको बजारमा विङ्गो खेल नगरपालिकाको खेलकुद उपसिमितको नेतृत्वमा हेल्पिङ् हेण्डस् लगायतका सातवटा संस्थाहरुले संयुक्त रुपमा एक महिनादेखि सञ्चालन गरिरहेका छन्।

नगरका स्थानीय सुदिप श्रेष्ठ र सन्दीप प्रधान लगायतको नेतृत्वमा संचालित सो विङ्गो खेल आगामी कात्तिक ४ गतेसम्म खेलाइँदैछ।

इलामका प्रमुख जिल्ला अधिकरी (सीडीओ) इन्द्रदेव यादवले नयाँ विकल्पसँग भने, ‘आफू कार्यभार सम्हाल्दादेखि नै विङ्गो खेल संचालित थियो। यहाँ परम्परागत र ऐतिहासिक खेल हो भनिदो रहेछ। यसको आम्दानीको हिसाव किताव र जिम्मेवारी नगरपालिकाले नै लिएको हुँदा हामीले विश्वास गरेका हौं।’

दुई जनालाई ११ लाखसम्मको पुरस्कार पर्ने भन्दै चिठ्ठा काटिएको पाइन्छ। तर नगरपालिकाका मेयर केदार थापाले यस्तो ११ लाखको पुरस्कार २० जनाभन्दा बढीले प्राप्त गर्ने दाबी गरे।

मेयर थापाले नयाँ विकल्पसँग भने, ‘नगरपालिकाको खेलकुद उपसमिति नै संलग्न भएपछि के को कानून चाहियो? हाम्रो अधिकार क्षेत्र पर्ने कुरा हो। अर्को कुरा यो विङ्गो आजमात्र होइन्, २०औं वर्षदेखि खेलाइँदै आएको छ।’

‘लाखौको हारजित हुने चिठ्ठा जस्तो खेल कुन संस्थालाई कुन कानूनी आधारमा जिम्मा दिनु भयो?’ भनी गरेको प्रश्नमा मेयर थापाले त्यहाँ विङ्गो वाहेक क्रिकेट, भलिवल, तेक्वान्दो खेल र सांस्कृतिक प्रदर्शन समेत गरिएको दाबी गरे।

मेयर थापाले क्रिकेट लगायतको खेल पनि संचालन गरिएको भने पनि मेलामा कुनै पनि खेलकुदका प्रतियोगिताहरु देखिँदैनन्।

गत कात्तिक १ गतेदेखि इलामको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका यादवले विङ्गो संचालनको विषयमा थप कुरा नगरपालिकासँग बुझ्न आग्रह गरे।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक ३०, १७: ००

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० कार्तिक ३०, १७: ००

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक ३०, १७: ००

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...