मौलिक मेला–पर्वबाट लोकतन्त्र बलियो बनाउन सहयोग पुग्छः मन्त्री शर्मा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मौलिक मेला–पर्वबाट लोकतन्त्र बलियो बनाउन सहयोग पुग्छः मन्त्री शर्मा

प्युठान। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सत्य र न्यायलाई नेपाली समाजको मानकको रुपमा मनाइने मौलिक मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने बताएकी छन्।

प्युठान नगरपालिका ७ पुण्यखोलामा भएको ऐतिहासिक तथा सास्कृतिक डल्ले सराय मेला २०८० उद्घाटन गर्दै उनले समाजमा देखिने दानवीकरण र अहंकारलाई अन्त्य गरी सत्यको विजयको पक्षमा मनाइने मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउने बताइन्।

मौलिक मेला पर्वहरु नेपालमा एकता र वीरताको बिम्बको रुपमा मनाइने भएकाले सामाजिक सद्भाव कायम गर्दै जनतालाई एकताबद्व गर्ने र सामाजिक काममा स्वस्फूर्तरुपमा जनपरिचालन हुने यो महत्वपूर्ण प्रणाली भएको बताए।

उनले मेला पर्वहरु कुनै न कुनै बेला समाजले प्रयोग गरेका चालचलनमा आधारित भएकाले समयानुकूल परिमार्जन गर्नु पर्ने भन्दै सबै चाडपर्व र मेलाहरु समाजले सत्यको पक्षमा गरेका प्रगतिशील अभ्यासमा आधारित रहने मौलिक मेला पर्वहरुलाई समाज विकासको मानकको रुपमा हेर्न सकिने बताईन।

मौलिक मेला पर्वहरुको निरन्तरता र संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री शर्माले पछिल्लो समय स्थानीय तहहरुले कार्यक्रम बनाएर धेरै पुराना मौलिक सस्कृति लोप हुने खतरा देखिएकाले नयाँ पुस्तालाई सस्कृति हस्तान्तरणमा सबैको ध्यान जानु आवश्यक रहेकोमा जोड दिइन्।

परम्परागत रुपमा मनाइने मेलाहरुको मर्ममा असर नपर्ने गरी स्वरुप परिवर्तन गरेर प्रतिष्पर्धात्मक बनाउदै लैजान महत्वपूर्ण परिवर्तन भएको र प्युठानको सराय नाच नेपालकै प्रशिद्व रहेको भन्दै उनले तरवारसहित नाचिने युद्धकलामा आधारित नाचमा महिला पुरुषको समान सहभागिता हुनु समावेशीकरणको उच्च नमूना भएको बताईन।

नेपालमा लैङ्गिक विभेद तोडिनुमा जनयुद्धको योगदान रहेको भन्दै मन्त्री शर्माले राजनीतिक परिवर्तनको अभ्यास घरघर र समुदायस्तरदेखि गर्नुपर्नेमा जोड दिईन्।

‘तेह्रौं शताब्दीमा जनतामाथि क्रूर शासन गरिरहेका भित्रीकोट राज्यका जाड राजालाई जनताको सहयोगमा चन्द राजाले लखेटेर मारेको किंवदन्तीका आधारमा जनताको जीतको बिम्बको रुपमा तरवारसहित लडाइँको अभिनय गरेर नाचिने सराय नाचको प्रतिष्पर्धासहित यो मेला सन्चालन गर्ने गरिएको छ।

पश्चिम क्षेत्रमा र खासगरी मगरात क्षेत्रमा तत्कालीन सेनाले प्रयोग गरेका हतियार ढाल, तरवार र खड्गको प्रदर्शन गरेर यो मेलामा स्थानीय साहस देखाउने गर्दछ्न्। यो वर्ष विभिन्न मौजाका नौ समूहले प्रतियोगितामा भाग लिएका छन्।

मन्त्री शर्माले सामाजिक सन्जालको व्यवस्थापनका लागि सामाजिक सन्जाल समबन्धी निर्देशिका जारी गरिएको र ऐन निर्माणको तयारी थालिएको जानकारी दिइन्।

मन्त्री शर्माले भूकम्प प्रभावितहरुको पुनर्स्थापना सरकारको प्रमुख कार्यभार भएको भन्दै निर्वाचन क्षेत्र विकास कोषका लागि छुट्याइएको बजेटमा थप गरेर दश अर्वको पुनर्निर्माण कोष सरकारले बनाएको बताइन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक ३०, १८: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक ३०, १८: १२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक ३०, १८: १२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...