तेल ट्याङ्करको ठक्करबाट भक्तपुरमा मोटरसाईकल चालकको मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

तेल ट्याङ्करको ठक्करबाट भक्तपुरमा मोटरसाईकल चालकको मृत्यु

भक्तपुर। तेल ट्यांकरको ठक्करबाट भक्तपुरमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहीबार साँझ मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थली चोकमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

जडिबुटीबाट भक्तपुरतर्फ जाँदै गरेको ना ७ ख ४७७४ नम्बरको ट्यांकरले बा ७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ ठूलो सिरूवासी घर भई सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ४१ वर्षीय हरिशरण पुरी गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ट्यांकर र चालक तुलबहादुर माझीलाई प्रहरी वृत्त ठिमीमा राखिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर १, १२: ३०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० मंसिर १, १२: ३०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० मंसिर १, १२: ३०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...