
काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
राजधानीको नयाँबानेश्वरमा गत कात्तिक २२ गते नेता बर्तौलामाथि खुकुरी प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पशुपतिनगर, इलामबाट पक्राउ परेको हो।
पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० स्थायी घर भएका २४ वर्षे शेरबहादुर थारू, सोही नगरपालिकाको वडा नम्बर १ कौशीला बस्ने २६ वर्षे आशिष लामिछाने मगर र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मेचे बस्ने ३४ वर्षीय कैलास भन्ने टेकबहादुर प्रधान रहेका छन्।
उनीहरूले माओवादीको बाग्मती प्रदेश सदस्य एवम् अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष बर्तौलामाथि नयाँ बानेश्वरस्थित आइप्लेक्स मल नजिकै खुकुरी प्रहार गरेका थिए।
नेकपा माओबादी शान्तिप्रकृयामा आएपछि माओबादीका तत्कालिन नेता डा.बाबुराम भट्टराईलाई सिध्याई दिने भनी चेतावनी दिएका कारण त्यसैबेला बर्तौलालाई कारबाही गर्न माओबादी भित्रैबाट नेताहरुले माग समेत गरेका थिए।
बर्तौलालाई त्यसवेला कारबाहीको माग गर्ने देबेन्द्र पौडेल हाल माओबादीमै छन् भने डा. बाबुराम भट्टराई नेपाल समाजबादी पार्टीका अध्यक्ष छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...