
काठमाडौं। विहीबार साँझ भक्तपुरको लोकन्थलीमा तेल बोक्ने ट्याङ्कर चालकले लापरवाही गरी सवारी चलाउँदा मोटरसाईकल चालकको मृत्यु भएको भन्दै स्थानीयले भक्तपुरको बाखामा विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन्।
बिहीबार साँझ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ ठुलो सिरुवारी घर भएर बालकोट बस्ने ४१ वर्षका हरिशरण पुरीको तेल ट्याङ्करको लापरवाहीबाट ज्यान गएको भन्दै स्थानीय र उनका आफन्तले सडक अवरुद्ध गरेका हुन्।
कोटेश्वरबाट भक्तपुरतर्फ गईरहेको ना. ७ ख ४७७४ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको बा. ७३ प २१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक पुरीको ज्यान गएको थियो।
ट्यांकर चालकले लापरबाहीपूर्ण ढंगले सवारी चलाउँदा ज्यान गएको र पीडकलाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयबासिन्दाले बाखामा रहेको प्रहरी कार्यालयमा प्रदर्शन गरेका छन्।
प्रहरीले ३ लापरवाहीपूर्ण तवरले सवारी चलाएर मान्छेको ज्यान लिने चालकबिरुद्ध दुई पटक प्रयास गर्दा पनि जाहेरी लिन नमानेको र वार्तामा ट्यांकरको समितिलाई बोलाउँदा कोही नआएको र प्रहरी नै सेटिङमा लागेर घटना लुकाउन खोजिरहेको मृतकका काकाका छोरा सुबास पुरीले बताए।
उनले ट्यांकर चालकले रक्सी खाएको हुन सक्ने भन्दै लापरबाही लुकाउन प्रहरीले ट्याङ्कर धनी सिन्धुपाल्चोकका माओबादीका नेताहरु अग्नी सापकोटा, माधव सापकोटा, चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर कृष्ण सापकोटाका नातेदार रहेको दाबी गरे।
ट्यांकर चालक सिन्धुपाल्चोक बलेफी गाँउपालिका–२ बस्ने बर्ष ४५ को तुलबहादुर माझीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
पीडित पक्ष र ट्यांकर समितिमा वार्ताकाबीच सडक अवरुद्ध गर्दा आवतजावतमा समस्या भएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...