महरा छुट्दा, तुम्वाहाम्फे मन्त्री पदमा नियुक्त – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

महरा छुट्दा, तुम्वाहाम्फे मन्त्री पदमा नियुक्त

काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौनदुव्र्यवहार गरेको अभियोगमा करिव साँढे चार महिना जेल परेका नेकपाका नेता तथा निवर्तमान सभामुख कृष्णबहादुर महरा फागु ५ गते निर्दोष ठहर हुँदै जेलमुक्त भएका छन् ।

आफूलाई दुव्र्यवहारको अभियोगमा फसाइनुको कारण बेग्लै भएको बताउँदै आएका महराले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैं अमेरिकन सहयोग परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कम्याक्ट) सदनबाट पारित गराउन भूमिका नखेलेको भन्दै फसाइएको बताउँदै आएका छन् । उनको यो अभिव्यक्ति ध्यानमा राख्दै सदरखोर चारखालबाट रिहा हुँदै गर्दा उनी समर्थकहरुले एमसीसी मुर्दावाद, महरा जिन्दावाद भन्ने नारा लाग्नुबाट नै पुष्टी हुन्छ ।

गत असोज १४ गते सभामुख पदबाट राजिनामा दिएका महराले प्रहरीले महिलामाथि यौन दुव्र्यवहारको अभियोगमा असोज १९ गते गिरफ्तार गरेको थियो । उनी जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बर पौडेलको इजलासले निर्दोष ठहर गरेपछि डिलीबजारस्थित सदरखोरबाट जेलमुक्त भएका हुन् । कारगारबाट रातो रङको बा १८च ४०० नम्बरको निजी कारबाट बाहिरिएका महराको स्वगतका लागि कारागारको मूल गेटसम्मै नेकपाका कार्यकर्ताले स्वागत गर्दै नारावाजी समेत गरेका थिए ।

महरा जेलमुक्त भएकै दिन निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको सपथ ग्रहण गराइएको थियो ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७६ फाल्गुन १२, ०७: ०१

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७६ फाल्गुन १२, ०७: ०१

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७६ फाल्गुन १२, ०७: ०१

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...