बाँस्कोटालाई फसाउने पौडेल अमेरिका फरार – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

बाँस्कोटालाई फसाउने पौडेल अमेरिका फरार

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजिनामा दिएका गोकुलप्रसाद बाँस्कोटाले सुरक्षित मुद्रण छापाखाना खरिदको लागि ७० करोडको कमिसनमा फसेको सूचना बाहिरिएपछि उनलाई यो वाटोमा डो¥याउने को होला भनेर सर्वत्र चासो बढेको छ । कमिसनको लागि डाक बडाबढ गर्दै एजेण्ट खोज्दै हिँड्ने तर सरकारको राजश्व स्वाहा पार्ने डन विकल पौडेलकै कारण बाँस्कोटा भड्खालोमा परेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

मन्त्रालयका कर्मचारीलाई आफ्नो अनुचर, पार्टी कार्यकर्ता र दासत्वको जस्तो व्यवहार गर्ने वाँस्कोटाले कमिसनमा मन्त्रालयकै कर्मचारीलाई समेत उपेक्षा गर्ने गरेका थिए । उनको मिलेमतो कर्मचारीभन्दा बार्गेनिङ गर्न सक्ने र एजेण्टको रुपमा काम गर्नेहरुसँग मात्र हुने गरेको थियो । सेक्युरिटी प्रेस खरिदको लागि मात्र नभएर सूचना प्रविधि क्षेत्रका प्रायः सबैजसो ठेक्कापट्टामा मध्यस्थताको काम गरी अनियमितताको श्रृङखाल चलाउने मूख्य सूत्रधार नै सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल हुन् ।

सुरक्षण मुद्रणको अनियमिततामा बाँस्कोटालाई पौडेलले नै सघाएको स्रोतले जनायो । नेपाल दूरसञ्चार प्राधिकरण अन्र्तगतको आईटी ल्याबको १ अर्ब ५० करोड रुपैयाँमै सम्पन्न हुने परियोजनामा निश्चित ठेकेदार कम्पनीले मात्रै सहभागी हुन पाउने गरी स्पेसिफिकेशन तयार पार्ने र परियोजनाको लागत साढे ३ अर्ब रुपैयाँ कायम गर्ने भुमिकामा पौडेलकै सक्रियता र संलग्नता रहेको छ । पौडेलले ५ अर्बको ठेक्काको इम्बोस्ड नम्बर प्लेटको स्पेसिफिकेशनमा समेत कमिसन व्यवस्था गरेका थिए । ५ वर्षअघि सवारी साधनमा जडान गरिने रिडेवल नम्वरको व्यवस्था गर्न कमसल र गुणस्तरहिन काम गर्दा राज्यले अर्बौं नोक्सानी बेहोर्नु परेको थियो ।

पौडेल हाल राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गतका ठेक्का पट्टाको लेनदेनको हिसाव मिलाउन सक्रिय रहेको कर्मचारीहरु बताउँछन् । संयुक्त राज्य अमेरिकाको ग्रिन कार्ड होल्डर रहेको आशंका गरिएका पौडेलका श्रीमती र छोराछोरी अमेरीका नै बस्छन् । सुरक्षण मुद्रणको छापाखाना खरिदको कमिसन प्रकरणमा आफू पर्ने भएपछि पौडेल शुक्रबार अमेरिका लागेका छन् ।
स्वीस कम्पनिबाट भन्दा फ्रान्सेली कम्पनीसँग धेरै कमिसन पाउने भएपछि बाँस्कोटाले पौडेलसँगको सल्लाहमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न फ्रान्सको आइएन ग्रुपलाई विवादस्पद यती होल्डिङसको तर्फबाट पत्राचार गरेका थिए ।

२०७६ जेठ ५मा फ्रान्सेली कम्पनी आइएन ग्रुपलाई लेखेको पत्रमा नेपालको आधिकारिक एजेन्ट यतीका तर्फबाट मन्त्री बाँस्कोटा आफै संलग्न भएर पत्राचार गरेको संसदको सार्वजनिक लेखा समितिकी सदस्य धर्मशीला चापागाईंले दाबी समेत गरेकी छन् । यो प्रकरणबाट बाँस्कोटा आफै यती होल्डिङ्सको एजेण्ड भएको हुनसक्ने देखिन्छ । फ्रान्सको आइएन गु्रपसँग सरकारले गत फागुनमा एमओयु गरेको थियो । त्यस भन्दा अघि सञ्चारमन्त्री बाँस्कोटा, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल र यतीका मालिक स्वर्गीय आङछिरिङ शेर्पा पटक–पटक फ्रान्स र जर्मनी भ्रमण गरेको बुझिएको छ ।

विकल पौडेलले आफ्नो भ्रमणमा फ्रान्सेली कम्पनीले नै खर्च व्यहोरोको स्वीकारी सकेका छन् । प्रेस खरिदको लागि भुक्तानीको मोडालिटी समेत आफूलाई थाहा नभएको भन्दै कार्यकारी निर्देशक पौडेलले बताएपछि बिहीबारको सार्वजनिक लेखा समिति बैठकमा सांसदहरुले खरिद प्रक्रियामा जोडिएका व्यक्तिहरुको पासपोर्ट मगाएर छलफल गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७६ फाल्गुन १२, ०७: ०२

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७६ फाल्गुन १२, ०७: ०२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७६ फाल्गुन १२, ०७: ०२

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...