रानीपोखरीमा छठ पर्व मनाउन नदिएकोमा सीके राउतको आपत्ति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

रानीपोखरीमा छठ पर्व मनाउन नदिएकोमा सीके राउतको आपत्ति

 

जनकपुरधाम। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सांसद डा.सीके राउतले काठमाडौंको रानी पोखरीमा छठ पर्व मनाउन रोक लगाएकोमा आपत्ति जनाएका छन्।

रानीपोखरीमा मधेशीहरुले छठ मनाउन नपाएको भन्दै सामाजिक सञ्जालमा डा. राउत आक्रोश पोखेका हुन्।

उनले लेखेका छन्, ‘मधेशी राजा-रानीद्वारा ई. १६६७ मा हात्तीद्वारा कुल्चेर आफ्नो पुत्र चक्रवतेन्द्र मारिएको पुत्रशोकको कारणले बनाउन आदेश दिइएको रानी पोखरीमा आज मधेशीहरूले आफ्नो पुत्रहरूको दीर्घायुको लागि छठ व्रत बस्न नपाउँदा पक्कै पनि खिन्नताको बोध गरेका छन्।’

‘पुरातात्त्विक संरक्षणका कारण हो भने त केही छैन, तर शासकीय अहंकार हो भने यसको जबाफ पक्कै पनि समय आएपछि दिनेछौं’ उनले भनेका छन्, ‘काठमाडौंमा रहेका ऐतिहासिक दरबारदेखि टुँडालसम्म मधेशीहरूले बनाएको हो। काठमाडौंको स्वर्णिम काल नै मधेशीहरूले ल्याएको थियो, कुनै आक्रान्तहरूले होइनन् ।’

काठमाडौं महानगरपालिकाले रानी पोखरीमा छठ मनाउन रोक लगाएको छ। गत वर्ष पनि पोखरीमा सौन्दर्यीकरणको काम भइरहेकाले छठ मनाउन दिइएको थिएन। महानगरले रानीपोखरीको सट्टा कमलपोखरीमा पूजाको व्यवस्था गरेको जनाएको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर ३, १८: १३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० मंसिर ३, १८: १३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० मंसिर ३, १८: १३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...