कांग्रेसले भूकम्पग्रस्त जिल्लाका २५ स्थानमा केन्द्रीय सदस्यसहितको टोली खटाउने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेसले भूकम्पग्रस्त जिल्लाका २५ स्थानमा केन्द्रीय सदस्यसहितको टोली खटाउने

काठमाडौं। नेपाली कांग्रेसले भूकम्पग्रस्त जाजरकोट र रुकुमपश्चिमका क्षेत्रमा घरबारविहीन भएकाहरुको टहरा बनाउन केन्द्रीय सदस्यको नेतृत्वमा टोली खटाउने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा सोमबार बसेको पदाधिकारी बैठकले जाजरकोट र रुकुमश्चिम जिल्लामा केन्द्रीय सदस्यको नेतृत्वमा एक जना इञ्जिनियर, एक जना डकर्मीसहित एउटा १० जनाको टोलीलाई २५ स्थानमा खटाइने निर्णय गरेको हो।

पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माका अनुसार प्रत्येक टोलीको सदस्यले स्लिपिङ व्याग, लुगाफाटो र खानाको व्यवस्था आफै गर्नु पर्ने र पाँच दिनसम्म भुकम्पबाट बासस्थान गुमाएकाहरुको टहरा बनाउन सहयोग गर्नु पर्ने जिम्मेवारी दिईको बताए।

उनले पाँच दिनपछि पार्टीले अर्को टोली खटाउने भएको छ । कुन क्षेत्रमा कुन नेता र भ्रातृ संस्थाबाट को को जाने भन्ने विषयमा सूची बनाउने र व्यवस्थापन गर्ने विषयमा मंगलबार पार्टी कार्यालयमा भ्रातृ संस्थाका अध्यक्ष तथा सभापतिहरुसँग बैठक बोलाइएको बताए।

जाजरकोट भूकम्पपीडितका लागि नेपाली कांग्रेसले टहरा बनाउन श्रमदान गर्नु पर्नेछ। टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापकका साथै १० जनाको टोली पठाइने पनि जनाइएको छ।

पदाधिकारी बैठकमा उपप्रधानमन्त्री तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले भुकम्पग्रस्त क्षेत्रको बस्तुस्थितिको वारेमा जानकारी दिएका थिए। उनले सरकारले प्रति परिवार घर बनाउन तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराए पनि घर बनाउने जनशक्ति, सिकर्मी र डकर्मीको अभाव रहेको बताएका थिए।

अर्थमन्त्री डा. प्रकाशशरण महतले भने सरकारले कित्ताकाट खुला गरेपछि जग्गा बिक्रि वितरण बढेका कारण राजश्व संकलनमा बृद्धि भएको भन्दै लघुवित्त तथा सहकारी संस्थामा देखिएका समस्या समाधान गर्ने प्रक्रियामा रहेको बताएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर ४, १९: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० मंसिर ४, १९: ३९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० मंसिर ४, १९: ३९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...