
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको नयाँबानेश्वरदेखि माइतीघरसम्म एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाई र एमालेका नेता महेश बस्नेतले पार्टीको जनवर्गिय संगठन युवा संघ नेपालको आयोजनामा मंसिर ७ का लागि घोषणा जनप्रदर्शनलाई मध्यनजर गर्दै ती क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरिएको जनाए।
प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ। त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ।
निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले सोमबार प्रसाईँ र बस्नेतका दुवै पक्षसँग छलफल गरेको र दुवै पक्षले शान्ति सुरक्षा कायम राख्नको लागि लिखित रूपमा प्रतिबद्धता जनाएको पनि बताए।
दुवै पक्षले मंसिर ७ गते विहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएको छ। दुई पक्षको प्रदर्शन एकै स्थानमा गर्दा शान्ति सुरक्षामा खलल पुग्ने भएकाले दुवै पक्षलाई फरक फरक स्थानमा कार्यक्रम गर्नका लागि प्रशासनले सुझाव दिएको थियो।
दुवै पक्षले माईती घरवाहेक कुन कुन स्थानमा कार्यक्रम गर्ने भन्ने निष्कर्ष नआउँदै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...