आठ करोडको जग्गा धितो राखेर प्रसाईँलाई पौने २ अर्ब ऋण दिने बैंकलाई किन भएन कारबाही? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
महालेखाको प्रश्न राष्ट्र बैंक मौन, बचतकर्ता जोखिममा

आठ करोडको जग्गा धितो राखेर प्रसाईँलाई पौने २ अर्ब ऋण दिने बैंकलाई किन भएन कारबाही?

 

काठमाडौं। शक्ति र सम्पतिको आडमा राज्यको कानूनलाई नै चुनौति दिँदै हिँड्ने विवादस्पद पृष्ठभूमि भएका दुर्गा प्रसाईंले विभिन्न चार वटा बैंक तथा वित्तिय संस्थाबाट धितोभन्दा २२ गुणा बढी ऋण लिएको खुलेको छ।

मापदण्ड नपुगेको भन्दै उनले संचालन गरेको बिएण्डसी अस्पताललाई मेडिकल कलेज संचालन गर्न अनुमति नदिएको झोंकमा हाल संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध नै प्रदर्शन गर्ने धम्की दिँदै हिँडेका दुर्गा प्रसाईंले बैंक तथ वित्तिय संस्थालाई समेत प्रभावमा परेर धितोभन्दा धेरै रकम बैंकबाट ऋण लिएको खुलेको हो।

प्रसाईँले तत्कालिन प्रभु बैंक हालको कुमारी बैंक, तत्कालिन जनता बैंक आलको ग्लोवल आईएमई बैंक, नविल बैंक लिमिटेड र गुडविल फाइनान्सका सिईओ (प्रमुख कार्यकारी अधिकृत)लाई प्रभावमा पारेर २०७७ साल साउन ४ गते प्रसाईंले एक अर्व ७४ करोड रुपैयाँ ऋण लिन सफल भएको देखिएको छ।

प्रसाईंले झापाको अनारमुनीमा रहेको ५७१ दशमलव ४८ वर्गमिटर षेत्रफल भएको ५ कित्ता जग्गा आठ करोड रुपैयाँमा २०७७ साउन २ गते आठ करोड रुपैयाँमा खरिद गरेका थिए।

महालेखा परिक्षकको ५९औं वार्षिक प्रतिवेदनमा दुई दिन अघि आठ करोड रुपैयाँमा खरिद गरिएको जग्गा दुई दिन पछि नै त्यसको २२ गुणा बढी अर्थात एक अर्ब ७४ करोड रुपैयाँ मुल्याङक गरी तत्कालिन जनता बैंक, नविल बैंक, प्रभु बैंक र गुडविल फाइनान्सबाट ऋण लिएको भन्दै अस्वभाविक मुल्याङ्कन गरेको जनाइएको छ ।

यसरी ति बैंकले बैक तथा वित्तिय संस्थासम्वन्धी कानूनको ठाडो उल्लङ्घन गरी धितो मुल्याङ्कनको ७० प्रतिशत ऋण उपलब्ध गराउनु पर्नेमा त्यसको २२ गुणा बढी ऋण उपलब्ध गराएको भेटिएको छ।

प्रसाईंले आफूसँग एक करोड रुपैयाँ भएमा बैंकहरुले पत्याएर सय करोडसमेत दिने गरेको दाबी गर्दै आएका छन्। प्रसाईंले होटल, बिएण्डसी अस्पताल र क्यान्सर अस्पताल संचालन गर्न भन्दै ऋण लिएको पाइएको छ ।

यसरी कमसल धितो अर्थात धितोको मुल्याङ्कन भन्दा २२ गुणा ऋण उपलब्ध गराउने बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैकले भने कुनै कारवाही गरेको छैन। आफ्नो रकम डुवेको र प्रसाईँले गत वर्ष पुसदेखि बैंक तथा वित्तिय संस्थाको साँवा र व्याज वापतको किस्ता समेत तिरेका छैनन्।

प्रसाईंले वित्तिय संकट परेका्े बेला बैंकका कर्मचारी ऋण उठाउन आएमा कालोमोसो दलिदिन आह्वान गरेका छन्। त्यसको त्रासले हुन सक्छ कुनै पनि बैंकले प्रसाईंसँग रकम उठाउन ताकेता समेत गर्न सकेको छैन। बैंकहरुले उनलाई कालोसूचीमा समेत राखेका छैनन् ।

नेपाल राष्ट्र बैंकको यस्तो मौनतालाई धेरैले रहस्यमय मानेका छन् भने कमसल धितो राखेर धेरै ऋण उपलब्ध गराउने प्रमुख कार्यकार िअधिकृतहरुमाथि शंका उब्जिएको छ। जसका कारण सर्वसाधरण नागरिकले सुरक्षीत राखेको पूँजी जोखिममा पर्न सक्ने त्रास बढेको छ।

यस्तो अवस्थामा मंसिर ७ गते विहीबार प्रसाईंले संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध राजधानीमा आन्दोलनको घोषणा गरेका छन्। उनले २० लाख रुपैयाँभन्दा कम रकम लिएका ऋणीको ऋण मिनाहा र ऋण मुक्तिको आन्दोलन भन्दै भ्रम छरिरहेका छन्।

प्रसाईँको भ्रममा परेर कतिपय व्यक्तिलाई संघीयताबिरुद्ध उचालिरहेका छन्। प्रसाईँले विहीबार प्रदर्शन गर्ने दिन नै नेकपा एमाले निकटको युवा संघ नेपालले पनि शक्ति प्रदर्शन गर्नेै घोषणा गरिसकेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर ५, १४: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० मंसिर ५, १४: ५७

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० मंसिर ५, १४: ५७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...