
काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको परिषदको बैठकले उच्च अदालतका ४ जना न्यायाधीश र नेपाल बार एसोसिएसनबाट सिफारिस भएका २ कानुन व्यवसायी गरी ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।
न्यायपरिषदका अनुसार, कानुन व्यवसायीबाट बरिष्ठ अधिवक्ता सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस भएको छ। उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएका छन्।
रिक्त एक पदमा अझै सिफारिस भएको छैन। सर्वोच्च अदालतमा २१ न्यायाधीश हुनु पर्छ । विगत लामो समयदेखि सर्वोच्चमा ७ जना न्यायाधीशको पद रिक्त थियो। न्यायाधीशमा सिफारिस भएका पोखरेल नेपाल बार एसोसिएसनका पूर्वमाहासचिव हुन्।
प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरुको नियुक्ति प्रक्रिया अघि बढ्ने छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...