
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिंसात्मक गतिविधि गर्न खोजेको आरोप लगाएका छन्।
प्रसाईंले बुधबार विज्ञप्ति जारी गर्दै एमालेले आतंक फैलाउदै देशमा हत्या–हिंसा मच्चाउन खोजेको आरोप लगाएका हुन्।
उनले आफ्ना पीडा र वेदनाहरू सुनाउन र सरकारसँग आफ्ना मागहरु राख्न भनेर काठमाडौं आउँदै गरेका सर्वसाधारण नागरिकहरूलाई राजमार्गका बीच बाटोमै रोक्ने, धम्क्याउने, तर्साउनेजस्ता कार्यहरू भइरहेको आरोप लगाएका छन्।
उनले अहिलेसम्म सरकारले नागरिकहरूको आवाजलाई बन्द गराउनका लागि परेको भन्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको नेतृत्वमा विभिन्न राष्ट्रवादी राजनैतिक पार्टी, धार्मिक, पेशागत तथा सामाजिक संघ संस्था र नागरिक समाजका राष्ट्रप्रेमी नागरिकहरुको स्वःस्फूर्त सहभागीतामा आयोजना हुने भेलालाई एमालेले विथोल्न खोजेको आरोप लगाएका छन्।
‘विद्यमान शासन व्यवस्था, भ्रष्टाचार, तस्करी र माफीयातन्त्रका विरुद्ध संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण तवरले भेला हुन आएका दूरदराजका सर्वसाधारण नागरिकहरूलाई राति बस्ने ठाउँमा प्रहरी प्रशासन लगाएर प्रवेश गर्न नदिने, आतंक फैलाउने र हत्या–हिंसा चाहने तत्वलाई प्रयोग गरेर राति सुतीरहेको स्थानमा विस्तारामै पुगेर वृद्ध, महिलाहरूलाई कपडासमेत लगाउन नदिई अमानवीय शब्दहरू प्रयोग गरी रातको समयमा निकाल्नेजस्ता निकृष्ट कार्यहरू भइरहेको छ’, प्रसाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
युवासंघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको र महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा उनले आपत्ति जनाए।
एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतलाई चेतावनी दिँदै मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउनु पर्ने उनले चेतावनी दिएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...