प्रसाईं घरमै नजरबन्दमा, उनका ३६ जना समर्थक प्रहरी नियन्त्रणमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रसाईं घरमै नजरबन्दमा, उनका ३६ जना समर्थक प्रहरी नियन्त्रणमा

काठमाडौं। दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ।

प्रहरीले प्रसाईंलाई उनको घर भक्तपुरमै नजरबन्दमा राखेको छ भने काठमाडौंको तीनकुनेबाट २६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले शाही युवा शक्तिका अध्यक्षलगायत अन्य विभिन्न प्रसाईं समर्थित संगठनका पदाधिकारीलगायत प्रदर्शनका लागि तीनकुने पुगेकालाई पक्राउ गरेको छ।

सो बाटो प्रयोग गरि हिँड्ने यात्रुहरुलाई समेत सोधपुछ गरिरहेको र कतिपयलाई पक्राउ गरेको गुनासो सामाजिक सञ्जालमा छाएको छ।

प्र्रहरीले हतियार लुकाएको आशंकामा कतिपय पसलहरुमा समेत खानतलासी लिएको छ।

प्रसाईंले दोस्रो दिन आजदेखि तीनकुनेबाट प्रदर्शनको घोषणा गरेपछि पदर्शन रोक्न तीनकुने क्षेत्रमा व्यापक प्रहरी परिचालन गरेको छ भने प्रसाईंलाई घरबाट बाहिर निस्कन दिइएको छैन।

तीनकुनेको बाटोबाट दौरासुरुवाल र कोट लगाएर हिडेकै भरमा खड्गप्रसाद शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको उनका छोरा रमेश शिवाकोटीले बताए ।

सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै रमेशले भनेका छन्, ‘मेरो ८३ वर्षको सुगर, प्रेसर र मुटु रोगी बुबाको अपहरण शैलीमा नेपाल पुलीसले जुन ज्याजती गर्यो यस्को घोर भर्सना गर्दछु तुरुन्त रिहाइ को माग गर्दछु’ भनेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर ८, १५: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० मंसिर ८, १५: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० मंसिर ८, १५: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...