बूढा नेताहरुको सिण्डिकेट रहेसम्म कांग्रेस सप्रदैन ः युवा नेता – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

बूढा नेताहरुको सिण्डिकेट रहेसम्म कांग्रेस सप्रदैन ः युवा नेता

काठमाडौं । “जब प¥यो राती अनि बूढी ताँती” भने जस्तै नयाँ संविधानको कार्यान्वयनसँग भएको पहिलो प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नराम्ररी हार खाएपछि कांग्रेसका नेताहरु बर्बराउन थालेका छन् । स्थानीय निकायको निर्वाचनमा हार खाँदा कानमा तेल हालेर बसेका युवा नेता अहिले आपूm पनि हारेपछि सम्पूर्ण दोष अरुमाथि थुपारेर पानीमाथि ओभानो बन्ने प्रयासमा लागि परेको टिप्पणी हुन थालेको छ । १३औं महाधिवेशनमा पार्टीमा जितेर आएका यी युवा नेता केन्द्रीय समितिदेखि पार्टीको संरचना बलियो बनाउन कसले छेकेको थियो त्यो भने प्रष्ट पार्न नसकेका युवा नेताहरु मौकामा चौका हानेर पद हत्याउने रणनीतिमा लागेको राजनैतिक टिप्पणी हुन थालेको छ । १३औं महाधिवेशनपश्चात यी युवा नेताहरु पनि कांग्रेसका शीर्ष नेताहरुको गुट÷उपगुटमा लागि नपेरका होइनन् । यी युवा नेताहरु १३औं महाधिवेशनपछि युवाको संरचना बनाएर देश दौडाहमा हिँडेको भए बूढा नेताहरुको ज्यादती केही हदसम्म रोकिने थियो । त्यतिबेलै किन त्यस कुरामा ध्यान दिएनन् यी युवा नेताहरुले सर्वत्र चासोको विषय बनेको छ । १३औं महाधिवेशनसम्म यी युवा नेताहरु पौडेल गुट, देउवा गुट र सिटौला गुटबाट महाधिवेशनमा लडेका थिए भने संविधानसभा जितेर आउने यी युवा नेताहरुले पदका लागि गरेको गुटबन्दी सबैले देखेको हो । त्यसैले ट्याउँ ट्याउँ कराएर प्रचारमा आउनु भन्दा कांग्रेसको आन्तरिक कलह मिलाउने प्रयासमा लाग्न राजनैतिक विश्लेषकहरुले सुझाव दिएका छन् ।
अहिले निर्वाचनपछि कांग्रेसको केन्द्रीय समितिको बैठक समेत बस्न सकेको छैन । कांग्रेसका केही युवा नेताहरुले अहिले सम्पूर्ण दोष दिंदै बुढा नेताहरुलाई विश्राम लिन आग्रह गरिरहेका छन् । निर्वाचनपश्चात राजधानीको तिनकुनेमा जम्मा भएका युवा पछिल्लो समयमा जुन गुटबाट आएका उतै फर्केपछि युवाहरुको जमात पनि पातलिंदै गएको छ । पछिल्लो समयमा युवा नेता चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे लगायत नेताहरुले नेतृत्व वर्गमाथि समय सकिएको औषधीको संज्ञा दिंदै विशेष महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् । तर नेतृत्व कसले लिने भनेर यकिन गर्न भने सकेका छैनन् । वर्तमान अवस्थामा नेतृत्व स्वात्तै युवा नेताहरुलाई हस्तान्तरण गर्न भने शीर्ष नेताहरु तयार देखिंदैन । युवा नेताहरुको लागि राजधानी अन्तरक्रिया कार्यक्रम संचालन र चुनावमा हार्नु परेको पिडा पोख्ने स्थानको रुपमा परिणत हुने त होइन भन्ने चर्चा चल्न थालेको छ ।

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०७४ पुष १७, ०९: १८

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
  • २०७४ पुष १७, ०९: १८

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
  • २०७४ पुष १७, ०९: १८

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...