अव नेताले घरमा कार्यकर्तालाई लाईन लगाउने दिन सिद्धिएः डा. शेखर – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अव नेताले घरमा कार्यकर्तालाई लाईन लगाउने दिन सिद्धिएः डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई गठबन्धनको चंगुलबाट वाहिर निकाल्नु पर्ने बताएका छन्।

राजधानीको स्विचाटारस्थित बरिष्ठ संचारकर्मी दामोदर प्रसाद दवाडीको निवासमा विहीबार उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उपस्थित स्थानीय नेता तथा कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रममा लाई संवोधन गर्दै बरिष्ठ नेता डा. कोइरालाले यस्तो बताएका हुन्।

‘कांग्रेस भित्रको एकतालाई हामीले मजबुद बनाउनु पर्छ’, डा. कोइरालाले भने, ‘तत्लो तहका आमकार्यकर्तासँग पार्टीका हरेक नेताहरुले आत्मियता बढाउनु पर्छ।’

डा. कोइरालाले आफू प्रत्येक कांग्रेसको घर घरमा जाने अभियान बनाएको भन्दै कांग्रेसभित्र कांग्रेसको खोजी गर्न, इमान्दार कार्यकर्ता र नयाँ पुस्तालाई आकर्षित र सम्मानीत बनाउन खाँचो रहेको बताए।

उनले समानुपातिक निर्वाचन प्रणाली खारेज गरी १६५ संघीय निर्वाचन क्षेत्रको ठाउँमा २४० बनाउने, राष्ट्रिय सभाको सिट सङ्ख्या बढाउन सकिने विषयमा नयाँ बहसको थालनी गर्नु पर्नेमा जोड दिए ।

उनले भने, ‘संघीय संसद र राष्ट्रिय सभामा जति सदस्य छन्, त्यति नै सङ्ख्या बनाउने तर समानुपातिक प्रणाली हटाएर महिला, मधेशी, जनजाति लगायतलाई पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा स्थान दिनको लागि नयाँ वहस अघि लान सकिन्छ।’

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी डा. कोइराला महाधिवेशनअघि घरदैलो अभियानमा लागेका थिए । त्यसलाई उनले निरन्तरता दिएका छन् ।

वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्ट बनेका डा. कोइरालाले यसअघि पनि कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि दलसँगै गठबन्धन गरेर निर्वाचनमा भाग लिन नहुने धारणा सार्वजनिक गर्दै आएका थिए।

पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्रीय स्तरका औपचारिक कार्यक्रमदेखि कार्यकर्तालाई भेट्न घर घरमा पुग्ने गरेका कोइराला पार्टी संगठन मजबुद बनाउन कार्यकर्तालाई आफ्नो घरमा लाईन लगाएर भेट्ने प्रणालीको कट्टर विरोधीको रुपमा उभिएका छन् ।


पार्टी बरिष्ठ नेता डा. कोइराला राजधानीको स्विचाटारस्थित दवाडी निवासमा उपस्थित भएर कांग्रेस नेता तथा कार्यकर्तासँग भेट गरेर स्थानीय कार्यकर्तालाई उत्प्रेरणा प्रदान गरेको स्थानीय नेताहरुले बताएका छन् ।

स्थानीय नागरिक, मतदाता र पार्टी कार्यकर्ताको समस्या बुझ्न आफै घर घरमा जाने कोइरालाको शैलीलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

सो अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं ९ नम्वर क्षेत्रिय सभापति जयकृष्ण महर्जन, काग्रेस नेताहरु धर्मराज गौतम, महासमिति सदस्य रिता दवाडी, पूर्वकेन्द्रीय सदस्य किरण गिरि, काठमाडौं ९ नम्वर क्षेत्र (ख) का प्रदेश सभापति राजेन्द्र भट्टराई, धादिङ कांग्रेस नेता बाशु तिमल्सिना, नेताहरु विजय गोपाल श्रेष्ठ ,वाशु कार्कि ,लव ढङ्गाना, सन्तोष गिरि , माधव न्यौपाने , रमेस प्रसाद गौतम , माधव प्रसाद गौतम , रामहरि मरहट्टा , दिपक भट्टराई , माधव खतिवडा, सुवास दवाडी ,दिव्येश्वर गौतम ,प्रविन दवाडी ,सुजित दवाडी , सुरज धिताल लगायतको उपस्थिति थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर २१, १९: ३६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० मंसिर २१, १९: ३६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० मंसिर २१, १९: ३६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...