
विराटनगर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा बढिरहेको भ्रष्टाचार बारे बिदेशी समेत अचम्मित हुन थालेको बताएका छन्।
शुक्रबार मोरङको धनपालथान गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा डा.कोइरालाले भने “आजभोलि हरेक बिदेशी भेट्दा किन तिम्रो देशमा हरेक कुरामा भ्रष्टाचार हुन्छ भनेर सोध्छन्। के जवाफ दिने?“ कोइरालाले भने ।
कोइरालाले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै बिदेशीका अगाडि शिर झुकाएर हिड्नु पर्ने अवस्था सिर्जना भएको बताएका छन।
भ्रष्टाचार मुक्त समाज निर्माणमा आफू कति पनि नडगमगाउँने प्रतिबद्धता समेत कोइरालाले गरे। भ्रष्टाचारको अन्त्य नभए सम्म जति भाषण गरेपनि देश बिकास नहुने कोइरालाको तर्क थियोे ।
उनले भने “अहिलेसम्मको कांग्रेस कसरी चल्यो म त्यता जान्न तर अब कांग्रेसले कुनै प्रकारको भ्रष्टाचारलाई प्रश्रय दिने छैन।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...