राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका १९ उम्मेदवार जिताउन नेताहरुको अपिल – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका १९ उम्मेदवार जिताउन नेताहरुको अपिल

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन गठबन्धन दलका शीर्ष नेताहरुले सार्वजनिक अपिल गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवारहरुलाई जिताउन संयुक्त अपिल जारी गर्दै आह्वान गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् निर्वाचन समन्वय समितिका संयोजक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शीर्ष नेताहरुले आह्वान गर्ने निर्णय भएको बताए । लगत्तै शीर्ष नेताहरुले सार्वजनिक अपिल गरेका छन् ।

उनले १९ जना गठबन्धनका उम्मेदवार जिताउन सात दलका शीर्ष नेताहरुले संयुक्त हस्ताक्षर गर्दै अपिल जारी गरेको बताए ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । यसपटक गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी (जसपा) ले १ सिटमा उम्मेदवारी दिएका छन् ।

यस्तो छ अपिल :

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०८० पुष २९, १५: ०६

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८० पुष २९, १५: ०६

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८० पुष २९, १५: ०६

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...