राष्ट्रिय सूचना आयोगले बागमती प्रदेशका सबै निकायहरुलाई सूचनाको हक कार्यान्वयनका लागि विभिन्न आदेश जारी – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

राष्ट्रिय सूचना आयोगले बागमती प्रदेशका सबै निकायहरुलाई सूचनाको हक कार्यान्वयनका लागि विभिन्न आदेश जारी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले बागमती प्रदेशका सबै निकायहरुलाई सूचनाको हक कार्यान्वयनका लागि देहाय विभिन्न आदेश जारी गरेको छ ।
राष्ट्रिय सूचना आयोगले बागमती प्रदेशका सार्वजनिक निकायहरु, बैंक तथा वित्तीय संस्थाका शाखा प्रशाखाहरु र विश्वविद्यायलयहरुलाई सूचनाको हक कार्यान्वयनका लागि देहाय विभिन्न आदेश जारी गर्दै । आयोगले बागमती प्रदेश सरकार अन्तर्गतका कतिपय सार्वजनिक निकायहरुमा सूचना अधिकारी नतोकिएको, स्वतः प्रकाशन नभएको र सूचना माग गर्दा सूचना उपलब्ध नगराएको भन्ने समाचार प्रकाशन भएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनी उल्लेख भएको व्यवस्था र त्यही व्यवस्था कार्यान्वयन गर्न ल्याइएको सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ मा भएका व्यवस्थाहरुको कार्यान्वयन गर्नु प्रत्येक सार्वजनिक निकायको दायित्व हुने पनि आयोगले स्मरण गराएको छ ।
‘सबै विश्वविद्यालयहरुले सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा उल्लेख भएबमोजिम सूचना अधिकारी तोक्ने, सूचना अधिकारीको नाम, पद, सम्पर्क फोन (मोबाइल) नम्बरलगायतका आवश्यक विवरण सार्वजनिक गर्ने, ३÷३ महिनामा स्वतः प्रकाशन गर्ने’, आयोगले भनेको छ, ‘सूचना माग भएको अवस्थामा तत्काल सूचना उपलब्ध गराउने, सूचना माग भएको विवरण तथा तथ्याङ्कको अभिलेख बनाउने र सार्वजनिक गर्ने लगायतका कार्यहरु गर्ने ।’

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

  • २०८० पुष २९, १६: ४०

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
  • २०८० पुष २९, १६: ४०

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
  • २०८० पुष २९, १६: ४०

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...