पोखरा महानगरपालिकाको नगरसभा माघको १८ गते बस्ने – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

पोखरा महानगरपालिकाको नगरसभा माघको १८ गते बस्ने

काठमाडौं । पोखरा महानगरपालिकाको १४औँ नगरसभा यही माघ १८ गते बस्ने भएको छ । पुस २९ गते बस्ने गरी बोलाइए पनि करको विषय सम्बोधन हुन नसक्दा नगरसभा स्थगित भएको हो ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिनाले आर्थिक ऐनमा राजस्वसम्बन्धी विषय समेटिने जानकारी गराए । त्यसमा केही संशोधन गर्नुपर्ने विषयवस्तुका निम्ति पोखरा महानगरपालिका–४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्य समिति गठन गरिएको उनले बताए । माघ १८ गते सञ्चालन हुने गरी सभा स्थगित गरिएको उनले जानकारी दिए ।

महानगरले पोखराको घरजग्गा कर घटाउने एजेन्डा नराखेपछि कार्यपालिका बैठक स्थगित भएको थियो । मंगलबार बस्ने भनिएको कार्यपालिका बैठकमा कर घटाउने एजेन्डा नराखिएकाले नेपाली कांग्रेसबाट वडाध्यक्ष भएकाहरू सहभागी नहुने भनेसँगै बैठक स्थगित गरिएको थियो । पोखरा महानगरपालिकामा कांग्रेसका वडाध्यक्षहरूको बहुमत छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले माघ १६ र १७ गते कार्यपालिकाको बैठक र १८ गते नगरसभा बस्ने बताए ।
कांग्रेसको विरोधपछि आर्थिक ऐनमा राजस्वसम्बन्धी विषय समेटिने महानगरले जनाएको छ ।

 

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ १, १३: ०८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ १, १३: ०८

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ १, १३: ०८

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...