सूचना अधिकारी व्यवस्था गर्न निर्देशन – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

सूचना अधिकारी व्यवस्था गर्न निर्देशन

काठमाडौँ । काभ्रेपलान्चोकका सूचना अधिकारीहरूको बैठकले सूचना अधिकारी नतोकिएका कार्यालयलाई तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । केही कार्यालयले सूचना अधिकारीको व्यवस्था नगरेको गुनासो आएपछि आइतबार बसेको बैठकले सूचना अधिकारी तोक्न निर्देशन गर्ने निर्णय गरेको हो ।

बैठकले सूचनाको हकसम्बन्धी ऐनले तोकेअनुसार सार्वजनिक निकायको दायित्वबमोजिम नियमित रूपमा प्रकाशन गर्नुपर्ने सूचना सार्वजनिक गर्न कार्यालयलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए । सबै कार्यालयले सूचना माग भएको र सूचना प्रवाह भएको विवरण छुट्टै अभिलेख राखी त्रैमासिक र वार्षिक रूपमा प्रतिवेदन तयार गरी प्रशासन कार्यालयमा पठाउन पनि बैठकले निर्देशन दिने निर्णय गरेको छ ।

कार्यालयहरूबाट सहज रूपमा सूचना नपाएको गुनासो नआओस् भन्नका लागि सूचना अधिकारीको व्यवस्था गरी सम्पर्क नम्बर र सूचना मागको विवरणलगायत सूचनाको हक कार्यान्वयनको अवस्था बारेको प्रतिवेदन एक साताभित्र प्रशासन कार्यालयमा पठाउन निर्देशन भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । बैठकले स्थानीय तहको वेबसाइटमा सबै वडाध्यक्ष र वडा सचिवको सम्पर्क नम्बर राख्न स्थानीय तहलाई अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ २, १३: ०३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ २, १३: ०३

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ २, १३: ०३

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...