लागुऔषधसहित विभिन्न ठाउँबाट पाँचजना पक्राउ – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

लागुऔषधसहित विभिन्न ठाउँबाट पाँचजना पक्राउ

काठमाडौं । लागुऔषधसहित विभिन्न ठाउँबाट पाँचजना पक्राउ परेका छन् ।
कास्की, पोखरा महानगरपालिका१३ गौडाकोमुख बस्ने २३ वर्षीय शिशिर कुँवरलाई करिब ६६४ ग्राम गाँजासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा बोराभित्र लुकाईछिपाई राखेको उक्त गाँजासहित फेलापारी पक्राउ गरेको हो।

तनहुँ, आँबुखैरेनी गाउँपालिका–१ बरादीबाट नियन्त्रित लागुऔषध नाइट्राभेट ६५ ट्याब्लेटसहित बारा जितपुरसिमरा उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय अमदज मियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

धादिङ, गजुरी गाउँपालिका–१ गजुरीबजारबाट करिब १४ किलो गाँजासहित ३ जनालाई बुधबार बिहान प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही गाउँपालिका(६ गेदेबिसौना बस्ने ३२ वर्षीय रवि भण्डारी, १९ वर्षीय प्रेम अधिकारी र १८ वर्षीय किशोर रहेका छन्।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.प्र०३–००१ख १९६४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

 

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ ३, १६: ४१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ ३, १६: ४१

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ ३, १६: ४१

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...