
काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयलले वार्षिक साधारण सभा बस्ने भएको छ ।
सभा माघ २६ गते बस्ने भएको हो । साधारण सभा होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि माघ १२ गते बुक क्लोज हुने भएकाले माघ ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले सभामा प्रबन्धपत्र संशोधन संगै कम्पनीको उद्देश्य थप गर्ने प्रस्ताव पेस गर्ने जानाएको छ ।
यसैगरी, उक्त सभामा कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्न अनुमोदन गर्ने प्रस्ताव पनि पेस हुनेछ ।
गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । साथै, सभामार्फत सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...