पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरूको सहजताका लागि ह्विलचियर हस्तान्तरण – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरूको सहजताका लागि ह्विलचियर हस्तान्तरण

काठमाडौँ । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरूको सहजताको लागि ह्विलचियर हस्तान्तरण गरिएको छ ।
नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले पशुपति विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीलाई बुधबार चारवटा ह्विलचियर हस्तान्तरण गरेका हुन् ।

नायव महानिरीक्षक थापाले विश्व सम्पदा सूचिमा रहेको पशुपतिनाथ मन्दिर हिन्दु धर्मालम्बी तथा भक्तजनहरूको धार्मिक आस्थाको देवता भएको हुँदा मन्दिरको सुरक्षा, संरक्षण र संवर्द्धन गर्नु हामी सबैको दायित्व रहेको बताए ।

जन सम्बन्धलाई थप प्रगाढ बनाउने सङ्गठनको नीतिअनुसार क्विक इम्प्याक्ट प्रोजेक्ट सञ्चालन गर्ने योजनाअन्तर्गत सो बाहिनी तथा मातहत इकाईहरूको सामूहिक प्रयासबाट ४ वटा ह्विलचियर हस्तान्तरण गरिएको हो ।

 

सम्बन्धित समाचार

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८० माघ ४, १६: ३९

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८० माघ ४, १६: ३९

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
  • २०८० माघ ४, १६: ३९

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...