
काठमाडौं । राष्ट्रियसभाको १९ पदका लागि विहीबार हुने निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुले तालमेल गरेको दाबी गरेका छन् ।
सत्ता गठबन्धनका विरुद्ध नेकपा एमाले र राप्रपाले तालमेल गरे पनि कोशी प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलकै पक्षमा पल्ला भारी देखिएको छ । प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मत हेर्दा कोशी प्रदेशमा सत्ता गठबन्धनको करिव एक हजार मतभार वढी देखिन्छ ।
यो प्रदेशमा सत्ता गठबन्धनका ४७ जना प्रदेश सभा सदस्य छन् भने विपक्षी एमाले र राप्रपाका ४६ सदस्य छन् । यस्तै स्थानीय तहमा सत्ता गठबन्धन दलका १५९ जना स्थानीय तहका प्रमुख र उपप्रमुख रहेका छन् । तर विपक्षी गठबन्धनतर्फ भने १४४ जना मात्र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष रहेका छन् ।
स्थानीय तहकाका तीन स्वतन्त्र प्रमुख र अध्यक्ष तीन जनामध्ये एक जना सत्ता गठबन्धन नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् भने एकजना नेकपा एकीकृत समाजबादी निकट छन् । धरान नगरपालिकाका प्रमुख हर्क साङपाङ भने कुनै पनि गठबन्धनप्रति खुलेका छैनन् ।
हर्क साङपाङ्लाई छाड्ने हो भने विपक्षी गठबन्धनको भन्दा सत्ता गठबन्धनको पक्षमा करिव एक हजार ५० मतबढी मतभारको दाबी गरिएको छ । सत्ता गठबन्धनको भन्दा ५३ जना बढी देखिएका छन् । एक जना स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार निर्वाचन आयोगले निर्धारण गरेबमोजिम १९ मत हुन्छ ।
त्यस्तै एक प्रदेश सभासद्को मतभार ५३ हुन्छ । विपक्षीभन्दा सत्ता गठबन्धनको एक मत बढी रहेको छ ।
कोशी प्रदेश सभामा सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेसका २९, नेकपा माओबादी केन्द्रका १३, नेकपा एकीकृत समाजबादीका ४ र जनता समाजबादीका एक जना गरी ४७ सदस्य छन् । उता विपक्षी गठबन्धनतर्फ प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ सदस्य गरी ४६ जना छन् ।
यस्तै स्थानीय तहतर्फ कांग्रेसका ११५ जना, माओबादी केन्द्रका ३१ जना, एकीकृत समाजवादीका ७, जनता समाजबादीका ४ जना प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष छन् । दुई स्वतन्त्र अध्यक्षहरु कांग्रेस र नेकपा एकीकृत समाजबादीतर्फ खुलेका छन् । धरान उपमहानगरका प्रमुख भने कतै खुलेका छैनन् ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनमा कोशीमा ३६७ मतदाता छन् । जसमा ९३ जना प्रदेशसभा सदस्य र १३७ पालिकाका प्रमुख र उपप्रमुख गरी २७४ जना छन् ।
या प्रदेशमा सत्ता गठबन्धनले खुल्लातर्फ कांग्रेसका कृष्णप्रसाद सिटौलालाई र महिलातर्फ माओबादी केन्द्रकी चम्फादेवी कार्कीलाई उम्मेदवार बनाएको छ ।
राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले भने एमालेका मतदाताले राप्रपाको अन्य तर्फका उम्मेदवार उद्धव पौडेललाई र राप्रपाका मतदाताले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको दाबी गरेका छन् । दुवै पार्टीबीच लिखित सहमति भने भएको छैन ।
कोशीमा नेकपा एमालेले अन्यतर्फ परशुराम अधिकारीलाई उम्मेदवार बनाएको छ । महिलातर्फ उम्मेदवारी नदिएको राप्रपाले अन्यतर्फ उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद रहेका छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् । कोशीमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् ।
राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झर्नेछ । सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ । एमाले र राप्रपा तालमेल गरेमा ४ हजार ६४२ मतभार हुनेछ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...