
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको अवमूल्यन गरिरहेको आरोप लगाएका छन् ।
मंगलबारबाट शुरु भएको समुदायमा काँग्रेस अभियानको विराटनगरमा मंगलबार शुभारम्भ गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको आरोप लगाएका हुन् ।
‘प्रधानमन्त्रीजीले तीन हजारजनालाई थप शहीदको रुपमा घोषणा गर्ने कुरा गर्नु भयो । शहीद दिवसका दिन हामीले शहीदहरूलाई अवमूल्यन गर्न भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ’ डा. कोइरालाले भने ।
प्रजातन्त्रका निम्ति बलिदानी दिएका शहीदको अवमूल्यन नगर्न उनले प्रधानमन्त्री ‘प्रचण्ड’लाई सुझाव दिए । ‘शहीदको वास्तविक परिभाषालाई अंगिकार गरी अघि बढ्दा शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ । शहीदको संख्या थप्दै गर्दा शहीदकै अपमान हुने बुझेको छु ।’
प्रधानमन्त्री दाहालले माघ १३ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा करिब ३ हजार जनालाई लाई छिट्टै शहीद घोषणा गर्ने बताएका थिए । नेता कोइरालाले काँग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे । उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...