
काठमाडौं । संघीय संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोलीले लोकसभाका सभामुख ओम बिरला लगायतको टोलीसँगे भेट गरेको छ ।
भारत भ्रमणमा रहेको सांसदहरुको टोलीसँग लोकसभाका सभामुख बिरलाले भेटवार्ता गरेको भारतीय लोकसभा सचिवालयले ट्वीट गरी जनाएको छ ।
भारत सरकारको निमन्त्रणामा नयाँ दिल्लीमा भ्रमणमा रहेको नेपाली सांसदहरुको टोलीले बुधबार भारतीय संसदको तल्लो सदन लोकसभामा सभामुख बिरलासहितको टोलीसँग भेटवार्ता गरेको हो ।
समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सांसदहरुको टोलीलाई भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दूतावास परिसरमा यसअघि स्वागत गरेका थिए ।
नेपाली प्रतिनिधिहरुले भारतका लोकसभाका सभामुख विरलासँगको भेटपछि विदेशमन्त्री डा. एश जयशंकरसँग पनि भेटवार्ता गर्ने तय भएको बुझिएको छ ।


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...