प्रतिनिधिसभाका १० समितिमा कांग्रेसले तोक्यो संयोजक – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रतिनिधिसभाका १० समितिमा कांग्रेसले तोक्यो संयोजक

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका १० वटा समितिको संयोजकको जिम्मेवारी १० सांसदलाई तोकेको छ । शुक्रबार बसेको नेपाली कांग्रेस संघीय संसदीय दलको बैठकले समिति हेर्ने गरी दलको तर्फबाट संयोजक तोकेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकअनुसार अर्थ समिति संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला शर्मा पौडेल, कानून, न्याय तथा मानव अधिकार समितिमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुसुमदेवी थापा र महिला तथा सामाजिक मामिला समितिमा आशा विकलाई संयोजक तोकिएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद बडु, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लीलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको छ ।

लेखकले संसदीय दलको कार्यसमितिको निर्वाचन चाँडै गर्ने निष्कर्षमा पुगेको बताए । केन्द्रीय समितिलाई निर्वाचन समिति तोक्न आग्रह गरेको बताए ।

उनले भने, ‘आउँदो केन्द्रीय समिति बैठकले निर्वाचन समिति तोक्छ । त्यसपछि निर्वाचनबाट कार्यसमितिको संसदीय दलको कार्यसमितिले पूर्णता पाउँछ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० माघ १९, १८: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० माघ १९, १८: २१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० माघ १९, १८: २१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...