
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा ५.५१ प्रतिशत घटेर ३७ करोड ९१ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म कम्पनीले उक्त खुद नाफा कमाएको छ ।
गत वर्षको यसै अवधिमा ४० करोड १२ लाख ३० हजार रुपैयाँ कमाएको थियो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो ।
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विदुत् बिक्रीवापत २.०६ प्रतिशतले घछेर ६१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ भने अघिल्लो वर्ष यस कम्पनीले ६२ करोड ४८ लाख रुपैयाँ कमाएको थियो ।
त्यस्तै प्लान्ट सञ्चालन खर्च गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ४४ लाख रुपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा बढेर ६ करोड ४० लाख रुपैयाँ पुगेको देखिन्छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ३४ पैसाले घटेर ९ रुपैयाँ ४० पैंसामा आएको छ, कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैंसा छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...