
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सार्वजनिक जग्गा हडप्ने, किर्ते गरेर नागरिकता लिने र सहकारी ठग्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कानुनको दायरामा ल्याउनु पर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा कांग्रेस सांसद थापाले जतिसुकै शक्तिशाली भए पनि र जुनसुकै राजनीतिक दलसँग जोडिए पनि कारबाहीको भागिदार बनाउनु पर्ने बताए ।
बिनोद चौधरी जोडिएको वाँसबारी छाला तथा जुत्ता कारखानको जग्गा चौधरी गु्रपले हडपेको र लामिछाने शेयर सदस्य रहेको पोखराको सूर्यदर्शन सहकारीले सर्बसाधरणको निक्षेप खाएर ठगी गरेको प्रकरणतर्फ लक्षित गर्दै थापाले सुशासन कायम गर्न सरकारको कार्यशैली बदलिनु पर्ने बताए ।
उनले संसदले समेत डबल स्ट्यान्डर्ड हुनु नहुने भन्दै कुनै घटना, प्रकरण हेरेर आफ्नो निर्णय र मतहरु बनाउनु पर्ने वताए।
‘जोसुकै होस्, जतिसुकै शक्तिशाली, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्, नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन ? दण्ड पाउनु पर्दैन?’ थापाको प्रश्न थियो ।
सांसद थापाले जतिसुकै शक्तिशाली, जुनसुकै पदमा बसेको वा हातमा कलम भएको व्यक्तिले पनि नागरिकता बनाउँदा किर्ते गर्छ भने कारबाही गर्नै पर्ने बताए ।
उनले भने, ‘फलानो दलसँग जोडिएको छ, त्यसकारण किर्ते गरे पनि माफि हुन्छ, चल्छ ? जतिसुकै शाक्तिशाली होस्, जुनसुकै ताकत भएको होस्, आमनागरिकहरुले निक्षेप संकलन गरेर जम्मा गरेरको सहकारीमा ठगीको धन्दा चलाउँछ, ठगीको धन्दाको मतियार हुन्छ भने कानुनको दायरमा ल्याउनु पर्दैन? सुशासनको मन्त्र भनेको कानूनको र विधिको शासन हो।’
उनले जग्गा मिच्ने वा हडप्ने, नागरिकतामा किर्ते गर्ने वा सहकारीमा ठग्ने व्यक्ति जुनसुकै दलको वा दलभन्दा वाहिरको जतिसुकै शक्तिशाली भए पनि उन्मुक्ति पाउन नहुने बताए । थापाले भने ‘एउटा साधरण नेपाली नागरिकले जे गर्दा दण्ड पाउँछ, शक्तिशालीलाई पनि त्यो कानून त्यसरी नै लागू हुनुपर्छ ।’
थापाले राजनीतिक दलप्रति मात्र नभएर अड्डा अदालत, प्रहरी प्रशासन, वित्तिय संस्थाहरुप्रति नागरिकको गुनासो भएकाले नागरिकको विश्वास र भरोसा दिलाउन प्रधानमन्त्रीलाई लिडर र क्याप्टेनको रुपमा प्रस्तुत हुन सुझाव दिए ।
सरकारको एक वर्षको समिक्षा हेर्दा ठीक ढंगले काम नगरेको भन्दै समस्याको समाधान खोज्न प्रधानमन्त्रीले दिनको निश्चित समय काम गर्छु भनेर छुट्याउनु पर्ने र काम गर्ने तरिकामा परिवर्तन हुनु पर्नेमा थापाले जोड दिए ।
सुशासनको सम्वन्धमा देशका संवैधानिक अङ्गले पारदर्शीता ढंगले काम गर्न नसकेको र विश्वस्नियतामाथि प्रश्न उठेको जनाउँदै थापाले अदालत र ससदीय समितिले समेत यसमा भूमिका खेल्नु पर्नेमा जोड दिए ।
‘सुशासनको लागि सबैभन्दा ठूलो भूमिका सरकारकै हुन्छ। सरकारले सुशासनको सम्वन्धमा मैले काम गरेँ भनेर हुँदैन । गरेको काम नागरिकले महसुस गर्न पाउनु पर्छ । सरकारका कामहरु पूर्वाग्रही हुनुहुँदैन । प्रहरी प्रशासन र अड्डा लगायतका भूमिकाहरु लोक रिझ्याईं र स्टण्टडबाजीको लागि कुनै पत्र पत्रिकाको हेड लाईनमा आउनको निम्ति निर्णय गर्नु हुँदैन’, थापाले भने।
थापाले गत वर्ष १० लाख पर्यटक भित्रिए भनेर कुरा गरे पनि उनीहरुले गर्ने खर्च भन्दा बढी नेपाली विद्यार्थीहरुले बैदेशीक अध्ययनमा लगेको तर्क गरे ।
नेपालको सीमा नजिक भारतका दर्जनौं नर्सिङ कलेज खुलेका छन् । हजारौं नेपाली त्यहाँ पढ्न जान्छन् भनेर हामीले मिथ्याङ्क प्रस्तुत गरे पनि सरकारी तथ्याङ्कले विगत तीन वर्षमा तीन सय विद्यार्थी मात्र गएको देखाएको बताृए ।
विश्वविद्यालय शिक्षालाई सुधार गर्न सकिए अध्ययनको लागि विदेश जाने क्रमलाई कम गर्न सकिने भन्दै थापाले त्रिविवि र अन्य विश्वविद्यालयमा नेतृत्व खाली भएकाले सुधार त्यहाँबाट गर्न भागबण्डा नगरी नियुक्ति गर्न सक्नु पर्नेमा जोड दिए ।
देशका ठूला पूर्वाधारहरु ठूला पुल वा सडकहरु निर्धारित समयमा निर्माण सम्पन्न नहुने जनाउँदै निर्धारित समयमै पूर्वाधार निर्माण गर्न महिले राज्य असफल हुनुको पछिको कारण खोज्नु पर्नेमा जोड दिए ।
‘कहिले रुख काटिएन, भुक्तानी समयमै भएन भन्ने जस्ता कारण देखाइन्छ । नेपालका कतिपय निर्माण व्यवसायीहरुले विदेशमा गएर समयमै काम सम्पनन गरेका छन् । तर नेपालमा किन कुनै पनि आयोजना समयमा निर्माण पुरा हुँदैनन्?’ थापाको प्रश्न थियो ।
थापाले नेपाल आउनका लागि रुसमा अलपत्र परेर बसेका नेपालीलाई सरकारले फिर्ता ल्याउन प्रसाय नगरेको गुनासो गर्दै थापाले उनीहरुलाई त्यहाँ लैजाने ठगहरु प्रत्येकलाई दण्ड सजाय दिनु पर्ने धारणा राखे ।
आर्थिक अवस्था कमजोर

कांग्रेस महामन्त्री थापाले चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको भन्दै नेपाललाई चलाउन रेमिट्यान्स पठाउनेहरुलाई धन्यवाद दिए ।
थापाले बैंकमा निक्षेप भए पनि कर्जा लगानी हुन नसकेको जनाउँदै सब व्यवासायीहरुले हालत खराव रहेको बताउने गरेको जनाए । ६ महिना २४ दिन वितिसक्दा कम्तीमा ५० प्रतिशत खर्च गर्नु पर्नेमा पूँजीगत खर्च १९ दशमलव २१ प्रतिशत मात्रै हुनु सरकारको कमजोरी रहेको थापाले बताए ।
उनले पूँजीगत खर्च बढाउनु पर्नेमा जोड दिँदै नयाँ बजेटको खर्चको योजना बनाउँदै गर्दा चालु बजेटको अवस्थाको वारेमा पनि थाहा पाउनु पर्ने बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...