पर्बतारोहण संघका प्रमुख कार्यकारी अधिकृतलाई हटाउने उद्देश्यले मनाङ सरुवा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पर्बतारोहण संघका प्रमुख कार्यकारी अधिकृतलाई हटाउने उद्देश्यले मनाङ सरुवा

काठमाण्डौं । नेपाल पर्वतारोहण संघले प्रमूख कार्यकारी अधिकृत (सिइओ) कुलप्रसाद राईलाई सेवाबाट हटाउने उद्देश्यले मनाङ सरुवा गरेपछि त्यसका बिरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।

काठमाडौंस्थित मुख्य कार्यलयमा पाँच वर्षसम्म काम गर्ने गरी २०७७ भदौ १ गते नियुक्त भएका सिइओ राइलाई हटाउने उद्धेश्यले मनाङ सरुवा गरिएपछि उनले सर्वोच्च अदालत रिट दायर गरेका हुन्।

सर्वोच्चले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतारोहण संघ र रिट निवेदक लगायतका मुद्दाका सबै पक्षलाई शुक्रबार अन्तरिम आदेशको लागि छलफल गर्न बोलाएको छ ।

सर्वोच्चका न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासले अघिल्लो साता विपक्षीलाई अन्तरिम आदेशको छलफलको लागि झिकाएको हो। बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु अनन्तराज लुईंटेल, किर्तिनाथ शर्मा पौडेल, प्रतिभा उप्रेती, विशाल थापाले निवेदकराइको तर्फबाट बहस गरिरहेका छन्।

पर्वतारोहण संघको कर्मचारी प्रशासन नियमावली २०८० को नियम ६ (४०ले प्रमूख कार्यकारी अधिकृतको कार्यकाल ५ बर्षको हुने व्यवस्था भएकोमा आफूलाई अपदस्त गर्ने र आफूले चाहेको व्यक्तिलाई सो पदमा नियुिक्त गर्ने उद्धेश्यले मनाङ सरुवा गरिएको पनि रिटमा दावी गरिएको छ।

प्रमूख कार्यकारी अधिकृत संघको कर्मचारी हुने र उनले नै योजना, बजेट तथा संघको नीतिको कार्यान्वयन गर्ने नियममा व्यवस्था छ। संघ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको स्वतन्त्र निकायको रुपमा रहने पर्यटन ऐनमा व्यवस्था छ।

हिमाल आरोहण तथा निकुन्जहरुबाट उठेको सार्वजनिक रकमबाट संघ संचालन हुँदै आएको छ । आफूलाई मनाङस्थित पर्वतारोहण विद्यालयको रेखदेख तथा पुनसंरचना गर्न खटाउने संघ केन्द्रिय समितिको पुस १ को निर्णयको बिरुद्ध राईले रिट दिएका हुन्।

आफूलाई दुर्गममा लखेटेर हटाउने मनसुवा राखिएको दावी राईको छ। पत्रकारिता पृष्ठभूमिका राई २०७६ भदौ २५ मा भएको खुल्ला प्रतिपर्धामा भाग लिई २०७६ पुस १६ गते प्रमूख कार्यकारी अधिकृतमा नाम निकालेपछि पुस २४ गते नियुक्त भएका थिए।

सुरुमा ६ महिनाको लागि नियुक्ति पाएका राइको कार्य सन्तोषजनक रहेको भन्दै संघले २०७७ असार २ मा संघको केन्द्रिय सचिवालय बैठकले २०७७ साउन महिनासम्मको लागि करार म्याद थप गरेको थियो भने राईको सेवा अति नै आवश्यक रहेको भन्दै २०७७ साउन ३२ को निर्णयअनुसार उनलाई ५ बर्षको लागि नियुक्त गरिएको थियो।

जथाभावी कर्मचारी नियुक्ति गर्ने र आर्थिक अनियमितता रोकिदिने आफ्नो कदमबाट कतिपय केन्द्रिय पदाधिकारी आफूप्रति असन्तुष्ट भएका कारण उनीहरुले आफूलाई सजाय स्वरुप मनाङ सरुवा गरिदिएको राईको गुनासो छ।

‘म सधैं सत्यको पक्षमा लड्ने र सार्वजनिक सम्पत्ति हिनामिनाको विरुद्धमा रहेकोले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास गरेको छु’ राईले भने ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन ३, १८: १९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन ३, १८: १९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन ३, १८: १९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...