
काठमाडौं । नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले आफूहरु नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने पक्षमा दृढतापूर्वक उभिएको बताएका छन्।
आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावारीमा हुने पार्टीको महासमिति बैठकमा पेश गर्ने प्रस्तावका एजेण्डा तय गर्न बसेको केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीसहित २२ केन्द्रीय सदस्यले यस्तो प्रस्ताव पेश गरेका हुन्।
भण्डारीसहित २२ केन्द्रीय सदस्यको हस्ताक्षर रहेको विशेष पुरक प्रस्तावमा वैदिक सनातन हिन्दुधर्मको पक्षमा आफूहरु उभिएको जनाइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको सो प्रस्तावमा केन्द्रीय सदस्य शंकर भण्डारीसहित गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, वागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर वानियाँ, पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद वढु, पुष्पा भुषाल र देवेन्द्रराज कँडेले समेत हस्ताक्षर गरेका छन्।
केन्द्रीय सदस्यहरु प्रकाश स्नेही, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंग बहादुर सिंह, सतिा कुमारी राना, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव (महोत्तरी), नृपबहादुर वड, संजय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा. डिला संग्रौला सनातन हिन्दु राष्ट्रको पक्षमा उभिएका हुन्।
पुरक प्रस्तावमा ९४ प्रतिशत बढी वैद्धिक सनातन हिन्दुधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पुरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरु, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको विषयप्रति गम्भीर बनेको बताइएको छ।
‘महासमितिको त्रिवेणीधामको बैठकमा हस्ताक्षरसहित जोडदार माग गरिएको र काठमाडौंको महासमिति बैठकमा बहुमत सदस्यहरुले सनातन हिन्दु राष्ट्रको माग गर्दै प्रस्ताव पेश गरेको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै फागुन ७ देखि शुरु हुने महासमिति बैठकमा पेश हुने राजनीतिक दस्तावेजहरुमा बैद्धिक सनातन धर्म जस्तो बहुमत महासमिति सदस्यको भावना र आमनेपाली जनताको चासो र चिन्ताको विषयलाई छलफलमा नल्याएकोप्रति चिन्तित भएका छौं’, सभापति देउवासमक्ष पेश गरिएको पुरक प्रस्तावमा भनिएको छ।
नेपाली कांग्रेसका एक सय ६९ जना केन्द्रीय सदस्यहरुमध्ये २२ जना केन्द्रीय सदस्यहरुले औपचारिक रुपमा सनातन हिन्दु राष्ट्रको पक्षमा आफूहरु दृढतापूर्क उभिएको जनाएका हुन् । जुन पार्टी नेतृत्व तहको करिव १५ प्रतिशत आवाज मात्रै हो ।
हिन्दुराष्ट्र पक्षधर कांग्रेसका केही केन्द्रीय सदस्यहरुले भने महासमितिका बहुमत अर्थात एक हजार दुई सय बढीले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेको दाबी सार्वजनिक रुपमा व्यक्त गर्दै आएका छन् ।
पार्टी केन्द्रीय कार्यसमितिको तर्फबाट महासमिति बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावमा हिन्दु राष्ट्रको विषयमा पदाधिकारीहरुको प्रतिवेदनमा कुनै विषय उल्लेख नभएपछि शुक्रबार बैठकमा केही असन्तुष्ट केन्द्रीय सदस्यहरुले पुरक प्रस्तावको रुप्मा अघि बढाएका हुन्।
संविधानको धारा ४ मा नेपाल धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर स्पष्ट पारेका छ । सो धाराको स्पष्टीकरणमा धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई सम्झनु पर्छ’ भनी स्पष्ट गरेको छ ।


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...