‘हिन्दुराष्ट्र’ विषयमा छलफल नहुनेः दुई हजार १४६ सहभागी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
कांग्रेस महासमिति बैठकको तयारी पुरा

‘हिन्दुराष्ट्र’ विषयमा छलफल नहुनेः दुई हजार १४६ सहभागी

ललितपुर । नेपाली कांग्रेसको भोली सोमबारबाट शुरु हुने महासमिति बैठकमा ‘नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने’ विषयमा कुनै छलफल नहुने भएको छ।

महासमिति बैठकको पूर्वसन्ध्यामा आइतबार महासमित बैठकस्थल गोदावरीस्थित सनराईज हलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले हिन्दु राष्ट्रको एजेण्डामा प्रस्ताव नै नआएकाले छलफल नहुने बताएका हुन् ।

‘पार्टीका केही साथिहरुले हामी पनि हिन्दु धर्म मान्छौं, हिन्दु राज्य चाहन्छौं भन्नु भएको हो। उहाँहरुले हिन्दु राज्यको विषय प्रस्तावको रुपमा राखियोस भन्नु भएको होइन’, विश्वकर्माले भने, ‘नेपाली कांग्रेस जातिय र क्षेत्रिय पार्टी होइन, त्यसैले हामी कुनै पनि धार्मिक राज्यको पक्षमा छैनौं र जाँदैनौ।’

पार्टी प्रचार विभाग प्रमुख विश्वकर्माले हिन्दु राज्यको विषयमा कसैले कुनै मत राख्न बन्देज भने नलगाइएको बताए । उनले भने, ‘नेपाली कांग्रेस एकल धार्मिक राज्य, एकल जातिय शासन, एकल वंसको शासन र एकल विचारको पक्षमा स्थापना कलादेखि नै थिएन ।’

उनले कांग्रेस स्थापना कालदेखि नै आर्थिक, राजनीतिक, धार्मिक र प्रेस स्वतन्त्रताको पक्षमा थियो, जुन पार्टीको झण्डामा अङ्कित चार ताराले संकेत गर्छ भन्दै कांग्रेस एकल विचारको पक्षमा नभइ बहुलवादको पक्षमा रहेको स्पष्ट पारे ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव, प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशाका विषयमा लेखा समिति प्रमुख श्याम घिमिरेले पार्टीको लेखा परिक्षण प्रतिवेदन पेश गर्ने भएका छन् ।

महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु १६२ जना, प्रत्येक प्रतिनिधिसभा क्षेत्रिय समितिबाट चयन भएर आउने १७८० जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, विदेशस्थित नेपाल जनसम्पक समितिबाट ८९ जना र महासमिति सदस्य नभएका जिल्ला कार्यसमितिका सभापतिहरु ४६ जना सहभागी हुने भएका छन् ।

त्यस्तै महासमिति सदस्य भएर नआएका भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरुलाई पर्यवेक्षकको रुपमा सहभागी गराइने विश्वकर्माले बताए।

महासमिति बैठकमा सहभागीहरु प्रत्येकबाट दर्ता शुल्कवापत तीन हजार रुपैयाँ लिइने छ । सहभागीहरुलाई विहानको खाजा, दिउँसोको खाना र दिउँसोको चियापानको प्रवन्ध गरिएको छ भने साँझको खानाको व्यवस्था सहभागी आफैले गर्नु पर्ने छ ।

सहभागीहरुलाई राजधानीका विभिन्न स्थानबाट गोदावरी आउन यातायातका साधनको व्यवस्था गरिएको विश्वकर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन ६, १८: २३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन ६, १८: २३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन ६, १८: २३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...