
काठमाडौं। नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा गरेको बाचा पुरा नगरेको बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले गठन गरेको समितिले चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेपछि नेता पौडेलले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले खुला र पारदर्शी प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने भनेर गरिएको सार्वजनिक प्रतिबद्धतालाई कर्मकाण्डी मात्रै बनाएको आरोप लगाए।
‘प्रधानमन्त्रीको भित्री नियतमा कुनै परिवर्तन देखिएन। नियुक्ति कसरी गरिएको हो? त्यसको सम्पूर्ण प्रक्रियाका बारेमा आमनागरिकका सामु सार्वजनिक गरियोस्’ पौडेलले भनेका छन्।
शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जना चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम सिफारिस गरेको थियो ।
उपकुलपतिमा उम्मेदवारी दिएका ४३ जनामध्ये १४ जना सर्टलिष्टमा परेका थिए। तीमध्येबाट उनीहरुको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तर्वार्ताबाट तीन जनाको नाम सिफारिसमा परेको थियो।
बुढाथोकी यसअघि शिक्षाशास्त्र संकायको सहायक डिन भएर चार वर्ष र सोही संकायमा साढे ३ वर्ष डिनको रुपमा काम गरेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...