
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले देशको मुटु राजधानी काठमाडौंबाट कवाड संकलन केन्द्र नै हटाउने निर्णय गरेर उल्टो बाटो समातेका छन्।
मेयर वालेनको यस्तो निर्णय सबै दृष्टिकोणबाट आत्मघाति देखिन्छ। वालेनको यस्तो निर्णयले महानगरवासी र राज्यमाथि वातावरिणय दुष्प्रभाव, बेरोजगारीमा बृद्धि, महानगरको अनावश्यक लगानी, राज्यको राजश्वमा कमी जस्ता दुष्प्रभाव देखिने भएको छ।
गरिखाने वर्गको माग र समस्यालाई संवोधन त परै जाओस, उनीहरुको कुरा समेत सुन्न नचाहने वालेन यतिवेला स्थानीय सरकारका निरंकुस साशकको पदचापमा अघि बढेका छन्।
वालेनका कदम उच्च र कुलिन वर्गको पक्षमा र गरिखाने वर्गको विरुद्धमा देखिएका छन् ।
देशको कानूनलाई नमान्ने, महानगरले कानुन नबनाउने तर आफ्नै आदेशलाई कानून ठान्ने वालेन प्रबृत्तिले तल्लो वर्गको पेटमा लात मार्ने अभियानको नेतृत्व नै उनले गर्दै आएका छन्।
वालेनले पछिल्लो पटक लिएको महानगरभित्र संचालित कवाडी संकलन केन्द्र बन्द गर्ने र गराउने जवर्जस्ती बल प्रयोग गर्ने कार्यले राज्य आतङ्कको रुप समेत लिएको छ ।
निजी व्यक्तिको जमिन र संरचना भाडामा लिएर, प्यान र भ्याटमा दर्ता भएर, राज्यलाई करोडौं राजश्व तिर्ने महानगरभित्रका कवाड संकलन केन्द्र बन्द गराएर सीमित स्वार्थ समूहबाट प्रेरित भएर वालेनले यस्तो निर्णय गरेको हुनसक्ने देखिन्छ ।
महानगरका ३२ वटै वडा कार्यालयमा कवाड संकलन केन्द्रको संस्था दर्ता नविकरण नगर्ने महानगरको निर्णयबाट कवाड पेशमा संलग्न करिव ५० हजार कवाडी संकलकहरु वेरोजगार हुने निश्चित छ ।
कवाड व्यवसायी समाज नेपालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कवाड व्यवसायलाई काठमाडौं महानगरले बन्द गर्न खोजे महनगरमा फोहोरको डंङ्गुर थुप्रेने जनाएको छ।
कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ताले समाजको तर्फबाट समस्या समाधानलाई भेट्न खोज्दा समेत मेयर वालेन साहले सुरक्षाकर्मी लगाएर दुव्र्यवहार गरेको बताए ।
उनले कवडा व्यवसायीको माग संवोधन गर्न त परको कुरा हामीसँग भेट गर्न पनि नहुने कस्तो प्रतिनिधि चुनिएछ भनेर दुखेसो व्यक्त गरे।
उपत्यकामा १० हजार संकलकहरु रहेको, संकलन केन्द्रहरुले मासिक १५ देखि २० लाखसम्म मुल्य अभिबृद्धि कर र वार्षिक सरदर ६ लाख रुपैयाँ आयकर बुझाउँदै आएको अध्यक्ष गुप्ताले जानकारी दिए।
नेपालमा कागज, फलाम, प्लास्टिक र सीसी उत्पादक कारखानालाई आवश्कय पर्ने कच्चा पदार्थको ७० प्रतिशत कच्चा पदार्थ कवाड व्यवसायी उपलब्ध गराउँदै आएका छन् ।
काठमाडौंबाट मात्र ५० देखि ६० ट्रक कवाड वाहिर निकासी हुने गरेको र त्यसको मुल्य एक लाख देखि १० लाख सम्म रहेको गुप्ताले बताए ।
५० हजार व्यवसायीको रोजिरोटी खोसेर एक जना स्वार्थ समुहको चाहना पुरा गर्ने बाटोमा बालेन अघि बढे त्यो चुनौतिपूर्ण हुने र उनलाई महङ्गो हुने गुप्ताले चेतावनी दिए।
कवाड व्यवसायीहरुले एक साता राजधानीबाट कवाड संकलन नगरे फोहोर व्यवस्थापन गर्न महानगरले जति श्रम, जनशक्ति समय र खर्च गरे पनि कठीन र असम्भव हुने चेतावनी दिए।
कवाडी संकलकहरुले निश्चित मुल्य दिएर संकलन गरिरहेको कवाडी सामान महानगरले सित्तैमा लिने र कुनै व्यवसायीलाई पोष्ने महानगरवासीको हित विपरित कार्य गरिरहेको उनले बताए।
महानगरले कवाडी व्यवसाय संचालन गर्दै आएका संस्थाको सकलन केन्द्रमा डोजर चलाउन थालेपछि कवाडी संकलक र कवाडी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...