
काठमाडौं । नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले जस्तोसुकै गैरजिम्मेवार र लापरवाहीपूर्ण काम गरे पनि कारवाही हुनबाट उम्कने गरेका छन्।
त्यसको ज्वलन्त उदाहरण नयाँ वानेश्वरस्थित संघीय संसद भवनको सभाकक्षमा सदन चलिरहेको बेला निषेधितमा प्रहरीकै गेट पार गरेर ४९ जना लघुवित्तपीडितले
संसद हलको मूल गेटमै नारावाजी गर्नु ।
नेपालको इतिहासमा सम्भवत पहिलो पटक प्रहरीको गेटबाटै संसद परिसर प्रवेश गरेर सर्वसाधरणले नारावाजी गरेका हुन्।
तर यो प्रकरणमा गम्भीर लापरवाही गर्ने नेपाल प्रहरीका प्रहरी उपरिक्षक र नायव उपरिक्षकलाई मात्र होइन, प्रहरी निरिक्षकलाई समेत जोगाउने प्रपञ्च रचिएको छ।
संसद भवनको वाहिरी सुरक्षाको जिम्मा नेपाल प्रहरीका प्रहरी उपरिक्षक (एसपी)को कमाण्डमा हुने गर्छ। तर संसद भवनको सुरक्षार्थ खटिइएका एक जना एसपीलाई अन्यत्रै काज सरुवा गरियो बुझिएको छ।
एसपीको अनुपस्थितिमा डीएसपीले संसद भवनको सुरक्षा कमाण्ड लिएका हुन्छन् । तर नेपाल प्रहरीले सोमबारको घटनामा गम्भीर लापरवाही भएको अवस्थामा किन एसएसपी र डीएसपीलाई अनुसन्धानको घेरामा ल्याउन प्रहरीले प्रधान कार्यालयमा नतान्नुले विषय शंकास्पद बन्दै गएको छ।
खटिएका प्रहरी निरिक्षकसहित ३२ जनालाई फिर्ता गरेर नेपाल प्रहरीले नयाँ जनशक्ति खटाएको छ। यो घटनामा एसपी र डीएसपीलाई चोख्याएर इन्सपेक्टरलाई बलीको बोको बनाउन खोजिदैछ।
आगामी आर्थिक वर्ष २०८१÷०८२को बजेट कस्तो हुने भन्ने वारेमा प्रि बजेट छलफलका सिद्धान्त र प्राथमिकताका विषयमा अर्थमन्त्री डा. प्रकाशरण महतले सदनलाई अवगत गराउँदै गरेको बेला वाहिर लघुवित्तपीडितले नारा घन्काएको घटनलाई नियन्त्रण गर्न प्रहरीले पछि थप प्रहरी बल बोलाएको थियो।
संसद भवनको सुरक्षामा प्रहरीले गम्भीर लापरवाही गरेपछि सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक गरेर प्रहरी महानिरिक्षकको ध्यानाकर्षण समेत गराएका थिए।
त्यसपछि प्रहरी महानिरिक्षक वसन्त कुँवरले घटनाबारे छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ।
प्रहरीको यस्तो कमजोर सुरक्षा प्रणालीले भोलीका दिनमा कुनै अनिष्ट घटना ननिम्तिएला भन्न सकिन्न । संसदको सुरक्षा संवेदनसिलता देखाउनकै लागि सुरक्षाकर्मीले संचारकर्मीको परिचय पत्रलाई केटाकेटीले खेलौना खेलाए झैं ओल्टाई पल्टाई गर्ने प्रचलनमा परिवर्तन आएको छैन।
तर, सोमबारको घटनामा भने प्रहरीले निषेधित क्षेत्रमा पास वा प्रवेश परिचय पत्र नै नभएकालाई किन र कसरी भित्र प्रवेश गर्न दियो भन्ने विषय गम्भीर बनेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...