
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको “प्रथम बैठक तथा सम्मान कार्यक्रम“ बोलाउनुअघि बुधबार कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधर नेताहरुको बैठक बसेको छ।
संघको तदर्थ समिति विस्तार भएको ६ महिनापछि बसेको नेविसंघको वैठकमा सिटौला निकटका “महाधिबेशन पक्षधर बैचारिक समुह“का विद्यार्थी नेताहरुले आफ्नो समूहको तर्फबाट विधानतः समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने एजेण्डा अघि सारेका थिए।
वैचारिक विमर्शका लागि सक्रिय सो समूहले चक्रपथस्थित टक सेन्टरमा पार्टी केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, संघका पुर्व महामन्त्री बलदेव तिमल्सिना लगायतका नेताहरुको उपस्थितिमा भएको कार्यक्रममा विद्यार्थी नेताहरुले कुनैपनि बाहानामा महाधिवेशन रोक्नु नहुने निष्कर्ष निकालेका थिए।
‘लामो समयदेखि अधिवेशन नहुँदा नेविसंघप्रति आकर्षण घट्दो छ, हिजो व्यवस्था नै परिवर्तनका निमित्त अग्रमोर्चामा रहने विद्यार्थी संगठनको अधिवेशन समयमै नहुँदा विद्यार्थी आन्दोलनलाई नै गहिरो धक्का महसुस भइरहेको छ। त्यसैले कुनैपनि बाहानामा महाधिवेशन रोकिनुहुन्न। वैठकको भोलिपल्टैबाट महाधिवेशनको प्रक्रिया अगाडि बढाउनुपर्छ’, नेविसंघ केन्द्रिय सदस्य महेश्वर पौडेलले भने।
अर्का केन्द्रिय सदस्य शंकर ढकालले सबै विद्यार्थीहरूको प्रतिनिधित्व हुने गरी विधान संशोधन गर्दै त्यसलाई कार्यान्वयनमा लानुपर्ने कुरामा जोड दिएका दिए।
२५ भन्दा बढी केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको उक्त छलफलमा नेविसंघले आफ्नो मूल अस्तित्वलाई गइरहेकाले अबको विद्यार्थी आन्दोलन शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने नेता निराजन शाहीले बताए।
समग्र देशको शैक्षिक अवस्था एवम् मधेशको शैक्षिक समस्याका विषयमा केन्द्रित भएर केन्द्रिय सदस्य आशुतोष झाले आफ्ना भनाइहरु राखेका थिए। सो छलफलमा केन्द्रिय सदस्यहरु विकास भण्डारी, सुशान्त तामाङ, लक्ष्मी बोगटी, सुबिन पराजुली, रोशन पराजुली अनामिका बस्नेत, सुरज दाहाल ,शिव चौधरीले आ–आफ्ना विचारहरू राखेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...