
काठमाडौं। नेपाल–भारतबीच अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा आजबाट शुरु भएको छ। योसँगै नेपालमा आउने भारतीय नागरिकले क्युआरमार्फत भुक्तानी गर्न सक्ने नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेल जनाएका छन्।
अबदेखि भारतबाट नेपाल आउने सेवाग्राहीले नेपालमा ‘फोन पे’मार्फत क्युआर गर्न सक्नेछन्। यसका लागि भारतीय नागरिकको भारतका बैंकमा खाता हुनुपर्नेछ। सोअनुसार भारतीय बैंकका क्युआरमार्फत नेपालको फोन पे मा क्युआर गरेर भुक्तानी गर्न सक्ने भएका हुन्।
तर यो सेवा सीमित रूपमा मात्रे चल्ने बताइएको छ। ‘भारतका सीमित बैंकको क्युआरमार्फत फोन पे गर्न मिल्नेगरी सेवा सुरु भएको जनाइएको छ।
गतवर्ष जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा अन्तरदेशीय भुक्तानी प्रणाली सुरु गर्ने सम्झौता भएको थियो।
सो सम्झौतापछि नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले अन्तरदेशीय भुक्तानी प्रणाली अघि बढाउन सम्झौता गरेका थिए। सम्झौतामा अन्तरदेशीय भुक्तानी प्रणाली नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) र भारतको युनिफाईड पेमेन्ट इन्टरफेस (यूपीआई)ले अघि बढाउने उल्लेख थियो।
फोन पेकाअनुसार भारतका १० वटा बैंकका ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न मिल्नेछ। १३ वटा बैंकले क्युआरमार्फत भुक्तानीका लागि प्रस्ताव पठाइसके पनि ३ वटाको प्रस्तावलाई ‘इनएबल’ गर्न बाँकी रहेको बुझिाएको छ।
ललितपुर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको निरन्तरता र समसामयिक विषयहरूमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।...
काठमाडौं : सुनसरीलगायत तराईका विभिन्न क्षेत्रमा हालै देखिएको आपसी द्वन्द्व र तनावप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो चिन्ता व्यक्त गरेका छन्...
सिरहा : सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर...