
काठमाडौं। पद र सत्ताको बलमा जस्तासुकै जायज मागलाई पनि दबाउन सकिन्छ भन्ने मनोरोग पालेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको आडमा काठमाडौं महानगरका प्रहरीहरु उदण्ड र अराजक मात्र होइन अमानबिय हर्कतमा समेत उत्रन थालेका छन्।
फुटपाथ व्यापारमा प्रतिवन्द लगाउने नाममा एक निहत्था महिलालाई एक दर्जन महानगर प्रहरीले घेराहाली चुल्ठो समाएर घिसार्दै पिट्नेदेखि पत्रकार परिचय पत्र देखाउँदा समेत खुट्टा भाँचिने गरी यातना दिन नगरप्रहरी उत्रिएका छन्।
आफ्ना नगरप्रहरीलाई व्यक्तिमाथि अमानविय ढंगले कुटपिट र यातना दिन उतार्नमा महागर प्रहरी प्रमुख एसएसपी राजु पाण्डको प्रमुख हात छ । उनै पाण्डेको निर्देशनमा बुधबार राजधानीको सुन्धारा क्षेत्रमा सयौंको सङ्ख्यामा खटिएका महानगर प्रहरीले यस्तै हर्कत प्रस्तुत गरे।
प्रहरी र फुटपाथ व्यवसायीबीचको झडपका क्रममा भिडियो खिचिरहेका पत्रकार पदमप्रसाद पोखरेलमाथि पनि नगरप्रहरीले आक्रमण गर्न भ्याए।
नागरिक शासनमा विश्वास नगरी जङ्गी शासनमा जस्तै नागरिकलाई कुटेर ठीक लगाउँछु भन्ने पूर्वप्रहरी तथा हाल महानगर प्रहरी प्रमुख राजु पाण्डेको निर्देशनमा प्राणमञ्च मासिक तथा डटकमको प्रधानसम्पादकसमेत रहेका पोखरेललाई नगरप्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेका हुन्।
घाइते भएका पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा तिघ्राको लिगामेन्ट च्यातिएको देखिएको छ। शारीरिक रुपमा अपाङ्गता रहेका उनको हातखुट्टामा अन्य चोटपटक पनि लागेको छ।
पत्रकार भन्ने थाहा पाउँदा पाउँदै महानगर प्रहरीले पोखरेललाई लाठीले पिट्दै लछारपछार गर्दै मोबाइल फोन, क्यामेरा, ल्यापटप र कागजपत्र पनि लुटेर लगेका छन्।
नगर प्रहरीले सडक व्यवसायीलाई हटाउन खोज्दा दुवै पक्षबीच झडप हुन थालेपछि नगरप्रहरीले सडक पेटीमा हिँड्ने जो भेट्यो त्यसैमाथि लाठी प्रहार गर्न थालेको थियो।

पत्रकार पोखरेललाई घाईते बनाएपछि पनि नगरप्रहरीले जवरजस्ती भ्यानमा राखेर काठमाडौं महानगर प्रहरी बलको कार्यालय पुर्याएको र नेपाल प्रहरीको निर्देशनपछि मात्र छोडिएको उनले बताएका छन्।
यसरी पत्रकारमाथि धरपकड र हातपात भएपछि नेपाल पत्रकार महासंघ, श्रमजीवी पत्रकार संघ, नेपाल लगायतका संस्थाले आपत्ति जनाउँदै महानगर प्रहरीको हर्कत संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको ठहर गरेको छ।
नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य समेत रहेका पोख्रेलको मोबाईलफोन, क्यामेरा, ल्यापटप तथा अन्य कागजपत्र फिर्ता गर्न नेपाल पत्रकार महासंघले जनाएको छ।

‘नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो। घटनामा संलग्न नगर प्रहरीलाई कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायसँग माग गर्दछ’, नेपाल पत्रकार महासंघका महासचिव रोषन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
यसैबीच, फुटपाथ व्यापार हटाउने बहानामा महानगर प्रहरीले बुधबार साँझ एक महिलालाई नियन्त्रणमा लिएर लठ्ठी प्रहार गरी घाईते बनाएका छन्। ति महिलालाई मरणासन्न हुने गरी नगरप्रहरीले घेराहाली कुट्न थालेपछि बटुवाहरुले जोगएका थिए भने आक्रोसित सर्वसाधरणले महानगरप्रहरीमाथि प्रतिवाद गरेका थिए।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...