मन्त्रीमण्डल परिवर्तन पक्काः पाँच बजे तीन मन्त्रीको सपथ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मन्त्रीमण्डल परिवर्तन पक्काः पाँच बजे तीन मन्त्रीको सपथ

 

काठमाडौं । नेपाली कांग्रेससँगको सहकार्यलाई तोड्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग समिकरणको निष्कर्षमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणमा तीन जनालाई मन्त्री बनाउने भएका छन्।

नेपाली कांग्रेससहित अन्य पार्टीका कुनै पनि मन्त्रीले पदबाट राजिनामा नदिएको अवस्थामा प्रधानमन्त्री दाहालले माओबादी, एमाले र रास्वपाबाट एक÷एक जनालाई मन्त्री बनाउने भएका छन्।

नयाँ मन्त्रीहरूको शपथ पाँच बजे राष्ट्रपति निवास शितल निवासमा हुने भएको छ। प्रधानमन्त्री दाहालले पहिलो चरणमा माओबादीबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद (डीपी) अर्याललाई मन्त्री बनाउने भएका हुन्।

माओबादीबाट मन्त्री हुने तामाङ मन्त्रिमण्डलमा नयाँ अनुहार हो भने गिरी र अर्याल गत वर्ष पुस ११ गते प्रधानमन्त्री भएका दाहाल नेतृत्वको सरकारमा मन्त्री थिए । गिरी हाल एमालेको प्रमुख सचेतक छन् भने अर्याल रास्वपाका उपाध्यक्ष हुन्।

‘प्रधानमन्त्री कार्यालयबाट पाँच बजे नयाँ मन्त्रीको सपथ भनेर पत्र राष्ट्रपति कार्यालयमा आइपुगेको र अपराह्न ५ बजे तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जनाए ।

कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन्।

नयाँ सत्ता समिकरणमा एमालेबाट विष्णु पौडेल, रास्वपाबाट रबी लामिछाने, माओबादीबाट वर्षमान पुनले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको दाबी गरे पछि प्रधानमन्त्री दाहाल पहिलो चरणमै संकटमा परेका छन् ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २१, १६: ०२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन २१, १६: ०२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन २१, १६: ०२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...