
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समिकरण बदलेसँगै संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहसहित चार वटा मन्त्रालय दिने भएका छन्।
प्रधानमन्त्री निवास वालुवाटार श्रोतका अनुसार नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबी लामिछानेलाई गृह, उपसभापति डीपी अर्यालाई श्रम तथा रोजगार मन्त्रालय, सांसद विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
गतवर्ष एमाले–माओबादी गठबन्धनमा लामिछाने र अर्यालले जुन मन्त्रालय लिएका थिए, यो पटक पुनः दोहोर्याएर मन्त्रालय रोजेका छन्। विराजभक्त र सुमना भने रास्वपाका नयाँ अनुहार हुन्।
यता माओबादी केन्द्रले पार्टी बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका निवर्तमान मन्त्री शक्तिबहादुर बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा भने मन्त्रिपरिषद्मा दोहोरिएका छन्।
वर्षमान पुन र हितमान तामाङलाई भने मन्त्रिपरिषद्मा इन्ट्री गराइएको छ । तामाङले भने मंगलबार नै मन्त्रीको सपथ ग्रहण गरिसकेका छन्।
माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृहबाट परराष्ट्रको जिम्मेवारी दिइएको छ भने एमालेसँगको गठबन्धनमा महत्वपूर्ण भूमिका खेलेका वर्षमान पुनलाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ।
एमालेबाट गठबन्धन सरकारमा नेतृत्व गरेर जाने रघुबीर महासेठलाई पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दोहोर्याएर दिइएको छ । उनी यसअघि पनि सोही मन्त्रालयको मन्त्री थिए।
८ मन्त्री पाउने सहमति भए बमोजिम एमालेले ६ मन्त्रीको नाम टुंग्याइ सकेको छ । एमालेबाट महासेठका साथै पदम गिरी, राजेन्द्रकुमार राई, हरि उप्रेति, भगवति चौधरी, ज्वालाकुमारी साह र दामोदर भण्डारीको नाम मन्त्री हुनेमा टुङ्गो लागेको छ।
सबै मन्त्रीहरुको अहिले साँझ ५ मन्त्री राष्ट्रपति निवास शितलनिवासमा सपथ ग्रहण कार्यक्रम राखिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...