
काठमाडौं । सत्ता समीकरण बदलिएसँगै बनेको मन्त्रिपरिषद् विस्तारका लागि नामावलीसहितको पत्र बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
आजै सपथ गराउने तयारी स्वरुप उनी राष्ट्रपति कार्यालय पुगेका र राष्ट्रपतिले समय तोकेपछि सपथग्रहण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सम्भवत ५ बजेतिर सपथ गर्ने तयारी गरिएको जनाइएको छ । केही मन्त्रीहरूलाई बिदाइका समयमै सपथका लागि निम्तो आइसकेको स्रोतले बताएको छ।
प्रधानमन्त्री प्रचण्डले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र लिएर गएका छन्। तीन जनाले सोमवार नै विना विभागीय मन्त्रीको शपथ लिएका छन्।
बाँकी १४ जनाले आज शपथ लिनेछन्।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...